नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

काठमाडौं। नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का/फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ।
Advertisement 1
उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि काठमाडौँ उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का, फुकुवा अनलाइनबाट सम्पन्न हुने छ। यसले आवास/सरल कर्जासम्बन्धी कार्य छिटोछरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास कोषले लिएको छ।
प्रकाशित :२०८२ जेष्ठ १०, शुक्रबार १०:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%