सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस,कस्ले मार्लान बाजी ?

सचिव बढुवा सिफारिस समितिले प्राविधिक तर्फका तीन जना सहसचिवलाई बढुवाका लागि सिफारिस गरेको छ ।
Advertisement 1
बढुवा सिफारिसमा परेका सहसचिवत्रयमा रामआधार साह, विश्वबाबु पुडासैनी र केशव शर्माको नाम सिफारिस भएको छ । रामआधार अहिले शिक्षा मन्त्रालयमा कार्यरत छन् भने विश्ववावु लामो समय गुणस्तर तथा नापतौल विभागको जिम्मेवारी सम्हाल्दै बाग्मती प्रदेशको उद्योग मन्त्रालयमा कार्यरत रहेका छन् ।
यस्तै केशव अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । उनी लामो समय सडकमा काम गरेका र त्यहीका क्याडर हुन । सचिवमा उक्लनका लागि तीनै सहसचिवहरुबीच प्रतिष्प्रर्धा भए पनि केशवको जोडबल अझैं बढी रहेको बताइएको छ ।
सचिव बढुवाका लागि सिफारिस भएका साहको ट्याक रेकर्ड भने सकरात्मक छैन । साह कर्मचारी बृत्तमा बदनामी कमाएका पात्र हुन जो पटकपटक कारवाहीमात्र परेका छैनन जेलै गइसकेका छन् । उनी साह शाखा अधिकृत हुँदा नै पटकपटक नसिहत पाएका थिए । खराब आचरणका कारण २०६६ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको दुई ग्रेड घटुवाका लागि सिफारिश गरेको थियो । उनी गुणस्तर तथा नापतौल विभागको डिजी हुँदा नाकाबन्दीको समयमा पम्पहरूसँग मिलेर कालोबजारी गरेको समेत आरोपमात्र लागेन यही प्रकरणमा परेर जेलसम्म पुगेका थिए ।
Advertisement 2
यस्तै विश्ववावु पुडासैनी लामो समय ९ बर्ष एउटै विभागमा बिताएका कर्मचारी हुन । हरेक मन्त्रालय अन्तर्गतका विभागमा सामान्यतया १ देखि २ बर्षमा महानिर्देशक परिवर्तन हुने भए पनि उनी नौ वर्ष नेपाल गुणस्तर तथा नापतौल विभागमा बसेका थिए । उनले दुई वर्ष उपमहानिर्देशक र सात वर्ष महानिर्देशकको रुपमा पुडासैनीले विभागमा बिताएका थिए। नेपाल गुणस्तर मापदण्ड बनाउने र गुणस्तर मापदण्डको नियमन गर्ने निकायको रुपमा रहेको विभागमा आर्थिक अनियमितता झाँगिएको गुनासो सुनिन्थ्यो ।
उनको समूहका प्राविधिक कोही पनि नभएजस्तो उनी नै ९ बर्षसम्म महानिर्देशक बनाइएसँगै उद्योगका कर्मचारीहरुले प्रश्न उठाउँदै आएका थिए । पेट्रोल पम्पमा ठगी मेसिन जडान गर्ने रामआधार साहको बहिर्गमनपछि पुडासैनी नै महानिर्देशक भएका थिए । उनी महानिर्देशक भएर गएसँगै विभाग अन्तर्गतको ऐन नियमलाई समयसापेक्ष सुधार गर्दै काम कारवाहीलाई चुस्तदुरुस्त बनाएका भन्नेहरु पनि छन् । यस्का अलवा पुडासैनीकै कार्यकालमा एलपीजी ग्यासको गुणस्तर मापदण्ड, स्ट्यान्डर्ड नापतौल ऐन, ४३ र ५३ ग्रेडका ओपीसी सिमेन्टका लागि छुट्टै नेपाल गुणस्तर मापदण्ड बनेको थियो। पहिला ३३ ओपीसी सिमेन्टको मात्र नेपाल गुणस्तर मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको थियो ।
Advertisement 3
सहसचिव केशव शर्मा २०४९ सालमा जिल्ला सडक डिभिजन कार्यालय नवलपरासीबाट इन्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका हुन । उनीसँग सडक डिभिजन कार्यालय बुटवल, पोखरा, काठमाडौं, महेन्द्रनगर हुँदै हुलाकी राजमार्ग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र उद्योग मन्त्रालयको कार्यअनुभव रहेको छ । सचिव बढुवाका लाथि तेश्रो नम्बरमा नाम सिफारिस भएका शर्मा प्रम पत्नी आरजुमार्फत बाजी मार्ने दाउमा छन् ।