५० हजार घुससहित अधिकृत अख्तियारको फन्दामा

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिस्ट (अधिकृत छैटौं तह) लेखनाथ भट्टराई ५० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

Advertisement 1

ल्याब दर्ता प्रक्रिया अघि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई पक्राउ गरेका हो ।

भट्टराईलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौंको शंखमूलबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी Qदिए ।

Advertisement 2

शुक्रबार नियन्त्रणमा लिइएका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित :२०८० जेष्ठ २८, आईतवार ०७:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry