महोत्तरी घटना छानबिन गर्न गृहद्वारा ५ सदस्यीय छानबिन समिति गठन
Advertisement 1
महोत्तरीको भंगाहा नगरपालिमा भएको घटना छानबिन गर्नका लागि गृह मन्त्रालयले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
Advertisement 2
महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा दुई सम्प्रदायबीच भएको झडप छानबिन गर्नका लागि गृहले पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
Advertisement 3
उक्त समितिमा सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य रहेका छन् । समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्ने छ
प्रकाशित :२०७९ कार्तिक १२, शनिबार ०७:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%