महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
दुई समुदायका वीचमा हिंसा भड्किएपछि महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले दिउँसो ३ बजेबाटै अर्को आदेश जारी नभएसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
Advertisement 1
हिन्दू सेना सम्राट नेपाल र मुस्लिम समुदायका युवाबीचको झडपले उग्ररूप लिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
Advertisement 2
भंगहा नगरपालिका– ८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जनाएका छन् ।
प्रकाशित :२०७९ कार्तिक १०, बिहीबार १९:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%