नकरात्मक सूचीमा नपरेका, योग्यता पुगेका कर्मचारीहरुको तह बृद्धि गर्दै गण्डकी सरकार

गण्डकी प्रदेश अन्तरगत कार्यालय कर्मचारीहरुलाई एक तह बृद्धिका लागि आवेदन आह्वान गरिएको छ । हालै मात्र गण्डकी प्रदेशले ल्याएको गण्डकी प्रदेश निजामती अध्यादेश ०७९ को दफा २७ अनुसार योग्यता पुगेका र नकरात्मक सूचीमा नपरेका कर्मचारीहरुबाट दरखास्त माग गरिएको हो ।
प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्धारा जारी सूचनामा भनिएको छ, गण्डकी प्रदेश निजामती अध्यादेश ०७९ को दफा २७ तह बृद्धि हुने पदभन्दा एक तह मुनिको पदमा तोकिएको योग्यता बमोजिमको न्यूनतम सेवा अवधि पूरा भएको र तोकिए बमोजिमको पछिल्लो आर्थिक बर्षमा कासमु अंक प्राप्त गरेका कर्मचारीहरुलाई सम्बन्धित सेवा समूह र उपसमूहभित्र एक तह बृद्धि गर्न लािगएको जनाइएको छ ।

Advertisement 1

प्रदेश निजामती अध्यादेश ०७९ को दफा २७ अनुसार योग्यता पुगेका र दफा ३२ अनुसार नकरात्मक सूचीमा गण्डकी प्रदेशभित्र कार्यरुत स्थायी कर्मचारीहरुले एक तह बृद्धिका लागि आवेदन दिन सक्नेछन् ।

Advertisement 2

आफू कार्यरत कार्यालयको प्रमुखबाट प्रमाणीत गराई तालुक मन्त्रालयको प्रशासन शाखामा आगामी कार्तिक १ गतेसम्ममा आवेदन दिन सूचनामा भनिएको छ ।

प्रकाशित :२०७९ आश्विन २६, बुधबार ११:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry