भाग्यमानी निजामती कर्मचारीका जोडी श्रीमान् सिडिओ, श्रीमती सहायक सिडिओ

निजामति सेवा अन्तर्गत एक उपसचिव जोडी प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक सिडिओको जिम्मेवारी पाएका छन्।
Advertisement 1
उनीहरु हुन् सिद्धराज जोशी जो हाल दार्चुला जिल्लाका सिडिओ छन् भने उनका श्रीमती किरण जोशी डोटीकी सहायक सिडिओ हुन्। कैलालीको गोदावारी–६ निवासी यी दुवैको बिहे भने ०५४ सालमा भएको थियो। किरणले १४ माघ ०७७ मा खुला स्पर्धामा उपसचिवमा नाम निकालेकी थिइन्। त्यसअघि उनी निजामति सेवाको खरिदार पदमा थिइन्।
१६ बर्षसम्म उनले खरिदार र सुब्बा पदमा काम गरेकी किरणको निजामति सेवा भने १ साउन ०६१ मा थालेकी थिइन्। किरणलाई गृह मन्त्रालयको गत २८ माघको निर्णय अनुसार डोटी जिल्लाको पदस्थापना गरेपछि उनी सूदुरपश्चिम जिल्लाकै सहायक सिडिओ बन्ने पहिलो महिला हुन्।
Advertisement 2
यसअघि किरण रोल्पामा निर्वाचन अधिकारीको रुपमा कार्यरत थिईन् । किरणले पति सिद्धराजसँग मिलेर लोक सेवा तयारी सम्बन्धि खरिदार, उपसचिव र सह–सचिव स्तरको करिब ४० वटा लोक सेवा तयारी किताब लेखिसकेकी छन्।
Advertisement 3













