डेंगी भएमा के गर्ने/ के नगर्ने ?
काठमाडौं उपत्याकालगायत बिभिन्न सहरमा डेंगी निकै फैलिएको छ । डेंगी भएमा यी कुरा ख्याल गर्नुहोला
Advertisement 1
१. ज्वरो तथा दुखाइको लागि फ्लेक्सन, ब्रुसेट, निम्स लगायत पेनकिलर नखानुहोला । यी औषधिले अल्सर गराउने तथा रक्तश्राब गराएर खतरा हुनसक्छ । ज्वरो र दुखाइको लागि पारासिटामोल मात्र सेवन गर्नुहोला ।
२. बान्ता भएमा बान्ता रोक्ने औषधि खानुपर्दछ ।
३. अधिकांश संक्रमितलाई बान्ता हुने / वाकवाकी हुने हुन्छ । धेरै संक्रमितले बान्ता हुने डरले खाना तथा पानी नखाने गर्दछन । यो निकै घातक हुन्छ । जति धेरै झोलिलो तथा पोषिलो खायो, त्यति नै छिटो निको हुन्छ । मुखबाट खान नसकेमा अस्पताल गएर सलाइन दिनुपर्ने हुन्छ ।
४. द्वितीय संक्रमण नभएको अवस्थामा एन्टिबायोटिक सेवन गर्नु पर्दैन ।
५. मेवाको पात जथाभावी नखानुहोला । यसले डेंगी निको गर्दैन । प्लेट्लेट्स कमी भएमा चिकित्सकको सल्लाह अनुसार बढीमा ३० मिलि प्रशोधित मेवाको पातको रस खान सकिन्छ । प्लेट्लेट्स बढाउन यसका ट्याब्लेट पनि पाइन्छ ।
६. दाल, जाउलो, गेडागुडीको रस, दुध, नरम खाना, फलफूल ( मेवा, किवी, अनार, जुनार, स्याउ, नरिबलको पानी, माल्बोक केरा, काँक्रो ), हरियो सागसब्जी, पाकेको फर्सी, चुकन्दर, पालुंगो र मेथीको साग पर्याप्त खानुपर्दछ ।
७. शरीरमा पानीको कमी नहोस् भनेर सचेत हुनुपर्दछ । सादा पानी, जीवनजल, कागती पानी पटकपटक खानुपर्दछ ।
८. १ दिन बिराएर प्लेट्लेट्स चेक गर्नुपर्दछ ।
९. नाक, मुख, गिंजा, छाला, मलद्वार, मुत्रद्वारआदिबाट रगत आएमा, बान्तामा रगत देखिएमा, झोलिलो खाना खान नसकेमा, ज्वरो नियन्त्रण नभएमा तुरुन्त नजिकको अस्पतालमा जानु पर्दछ ।
१०. बान्ता, पखाला, एलर्जी आदिको लागि चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्दछ ।
११. खाना र पानी प्रशस्त पेलेमा डेंगीलाई सजिलै जित्न सकिन्छ । यसको मृत्युदर निकै कम भएकोले आत्तिनु पर्दैन ।
१२. डेंगीमा धेरै मुख बार्नु पर्दैन । पच्ने खाना खान सकिन्छ । पिरो, मसलादार खाना, घ्यू, बोंसो, अल्कोहल नखानुहोला । धेरै गुलियो नखानुहोला ।
१३. डेंगीको ज्वरोमा मनतातो पानी पट्टी लगाउने, ज्वरो १०० डिग्री आएमा पारासिटामोल खाने, झोलिलो खाना खाने गरेर ज्वरोलाई नियन्त्रणमा राख्नुपर्दछ । १०१ भन्दामाथि तापक्रम पुर्याउनु हुँदैन ।
१४. ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने, बिमिरा आउने केहि दिन रहन्छ । नआत्तिनुहोला/ औषधि र खानपिनले निको हुन्छ ।
१५. आराम गर्नुहोला । शारीरिक तथा मानसिक धपेडी नगर्नुहोला ।
१६. दांत ब्रस नगर्नुहोला । मंजन औंलामा राखेर दांत सफा गर्नुहोला ताकी घाउ नहोस् ।
१७. डेंगी संगै बसेर सर्दैन । तपाइंलाई टोकेको लामखुट्टेले परिवारजनलाई टोकेमा डेंगी सर्दछ । तसर्थ राति तथा दिउँसो पनि झुलभित्र सुत्नुहोला ।
१८. चिकित्सकको सिफारिसबिना पारासिटामोलबाहेक कुनैपनि औषधि नखानुहोला ।
१९. लाम्बाहुले कपडा तथा मोजा लगाउनुहोला । ओडोमसलगायत लामखुट्टे भगाउने क्रिम लगाउनुहोला ।
२० . खोज र नष्ट गर अभियानको लागि लामखुट्टे हुर्किने / प्रजनन हुने ठाउँ अर्थात पानी हटाउने, औषधि छर्किने गर्नुहोला ।