निजामती सेवा दिवसका नारा एकातिर काम अर्को तिर
निजामती सेवालाई कतै निजामती सेवा कतै सिभिल सर्भिस कतै जनप्रशासन का नामले विश्वका विभिन्न देशमा चिनिन्छ । जेसुकै भएतापनि यसको मुख्य काम सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त र न्यायपूर्ण रुपमा प्रभावकारी तरिकाले संचालन गर्ने हो । सार्वजनिक सेवाको उत्पत्ति देखि हाल सम्म विभिन्न देशहरुमा नयाँ नयाँ अवधारणाहरु विकसित भएका छन । जसको प्रमुख उद्धेश्य नै सार्वजनिक सेवालाई प्रभावकारी वनाउने हो । निजामती सेवाको यही अपरिहार्यतालाई आत्मसाथ गरि संयुक्त राष्ट्र संघले सन् २००३ देखि जुन २३ लाई ‘पब्लिक सर्भिस डे’ (विश्व सार्वजनिक सेवा दिवस ) का रुपमा मनाउदै आएको छ । नेपालले पनि २०६१ साल देखि भाद्र २२ गतेलाई मनाउदै आइरहेको निजामती सेवा दिवसका रुपमा छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ ।
Advertisement 1
२०१३ साललाई नेपालको निजामती सेवाको इतिहासमा कोसेढुङ्गा मानिन्छ । तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यको संयोजकत्वमा गठित प्रशासकिय पुर्नगठन योजना आयोग २०१३ को सुझाव प्रतिवेदन वमोजिम सोही वर्ष भाद्र २२ गते पहिलो पटक निजामती सेवा ऐन जारी भयो सोही दिनको अवसर पारेर २०६१ साल देखि प्रत्यक वर्ष भाद्र २२ गतेलाई निजामती सेवा दिवस मनाउन थालियो । सरकारले यो दिवस मनाउनुको मुख्य उद्धेश्य निजामती सेवा वारे जनसरोकार वढाउने लगाएत श्रम वजारमा उत्पादित अब्वल जनशक्ति यस तर्फ आर्कषित गर्नुे रहेको पाइन्छ । झण्डै एक लाख (प्रदेश तथा स्थानिय तहमा समायोजित समेत ) संख्यामा रहेका निजामती कर्मचारीहरुको शान,मान,पहचान र प्रतिष्ठा सगँ जोडिएको विषय हुदाँ निजामती सेवा दिवसको निरन्तरता अवश्य पनि हुनु पर्दछ ।
निजामती सेवा ऐन नामको कानुनी आधार सहित नेपालको निजामती सेवाले पुरा गरेको झण्डै साढे ६ दशकको यात्रा कति रोचक र घोचक रह्यो कति परिवर्तन भयो यो छुट्टै छलफलको विषय हुन सक्ला । योग्य सक्षम र अधिकार सम्पन्न स्थायी संयन्त्र वा स्थायी सरकार मानिने निजामती सेवासगँ सेवाग्राहीका थुप्रै अपेक्षा रहेका हुन्छन । राज्यले आफ्नो सहज र सर्वसुलभ उपस्थिति यसलाई नै मान्दै आएको छ । निजामती सेवाले हालसम्म यसले के उपलव्धी हासिल गरयो , समाजमा कस्तो प्रभाव छाडिरहेको छ निजामती कर्मचारीलाई नागरिकवाट हेर्ने दृष्टिकोणमा के कस्तो वदलाव आएको छ यिनै विषयमा निजामती सेवा दिवसमा घोषणा हुदै आएका नाराहरुको सान्र्दभिकता सगँ जोडेर सामान्य चर्चा गरिएको छ ।
Advertisement 2
दिवसको उद्धेश्य :–
निजामती सेवा वारे जनचासो वढोस,निजामती सेवा गतिशिल तथा आर्कषक होस, देशमा सुशासन कायम गर्ने भुमिकामा वढोत्तरी होस, श्रम वजारमा उत्पादित जनशक्ति यस तर्फ आर्कषित हुन सकोस आदी आदी लगाएतका उदेश्य का साथ शुरु गरिएको सेवा दिवसले सोही अनुरुप कार्य गरेको छ त ? २०७८ सालको १८ औ निजामती सेवा दिवस मनाउदा सम्म नागरिकको गुनासो झन चुलिदै गएको छ विश्लेषकहरु भन्दछन स्थायी सरकार मानिने निजामती सेवा आफै अस्थिर भयो । आफ्ना मुल्य मान्यता दिन प्रतिदिन विर्सदै गयो अझै संघीय संरचनामा रुपान्तरण भएको यतिका वर्ष सम्म पनि स्पष्ट मापदण्ड छैन, संघिय प्रदेश तथा स्थानिय सेवा संचालनको विधि पद्धति र प्रक्रिया निर्माण हुन नसक्दा झन वढि आलोचित भइरहेको छ ।
Advertisement 3
निजामती सेवा दिवसको नारा र उपलव्धी
“सुशासन र प्रदान गरिने सेवाको प्रभावकारीता” मुल नारा लिएर २०६१ सालमा पहिलो निजामती सेवा दिवस मनाइयो । एक दृष्टिकोणवाट हेर्दा निजामती सेवा सुशासन तर्फ अग्रसर देखिन्छ । निजामती सेवामा पारदर्शिता वढ्दो छ । जवाफदेही भावनाको विकास भएको पाइन्छ ई.गर्भनेन्स को अवधारणा विकास भएकोछ । प्रविधिको प्रयोग भएको छ । क्षतिपुर्ति सहितको नागरिक वडापत्र लागु भएको छ । भने सेवा सगँ सम्वन्धीत गुनासो व्यवस्थापन जस्ता विषयमा सुधारको आवश्यकता समेत देखिन्छ ।
२०६२ सालमा “सवल प्रशासन र स्वच्छ प्रशासन ” भन्ने नारा सहित दोस्रो सेवा दिवस मनाइयो । जसमा निजामती सेवालाई सवल वनाउन योग्यता प्रणाली र निश्पक्ष मुल्यांकन हो जवसम्म निजामती सेवा सवल हुन सक्दैन तवसम्म स्वच्छ हुने त कुरै भएन । सवल सक्षम का विषयमा छलफल हुदाँ कर्मचारी भित्रका सरुवा वढुवा वृत्ति विकास र अवसरमा हुने विभदीकरणले यस नारालाई घोचीरहेको जानकारहरु वताउदै आएका छन । “ लोकतन्त्रका लागि जनमुखी नागरिक प्रशासन” भन्ने लोकप्रिय नारा सहित तेस्रो निजामती सेवा दिवस मनाइयो । लोकतन्त्रको लहर आइरहेको समयका निमित्त यस नारा पनि मिठास पुर्ण शव्दमा मात्र सिमित हुन पुग्यो । “पारदर्शि प्रशासन लोकतान्त्रिक प्रशासन ” भनी सुशासनको एक खम्वा पारदर्शितालाई मुल मर्म वनाई २०६४ को सेवा दिवस मनाइयो । नारामा मात्र सिमित पारदर्शिता ले गोप्य तरिकाले सेवा संचालन गर्ने मानसिकतामा खासै सुधार हुन सकेन । सदर मुकाम र शहर केन्द्रित कार्यालयमा मात्र कामकाज गर्न रमाउने, दुर्गम क्षेत्रमा जान नचाहने निजामती कर्मचारीले “जनसेवा हाम्रो प्रतिवद्धता” भन्ने पाँचौ निजामती सेवा दिवसको मिठो नारा एक थान कागजमा मात्र सिमित हुन पुग्यो । आम नागरिकको सेवा नै प्रमुख कर्तव्य भएको निजामती सेवाको धर्म,कर्म र मर्म नै सेवाभाव हो र जुन सेवा नागरिकको हितमा हुनु पर्दछ भन्दै २०६६ मा “जनताको लागि प्रशासन ” भनी कर्मचारी हरु लाई जनातामा केन्द्रित हुन आव्हान गरि छैठौ निजामती सेवा दिवस मनाइयो ।
सेवाग्राहीसगँ वोल्नै नचाहने,वोल्नै परेपनि छुद्र,अभद्र र अहंकारी भाषा शैली प्रयोग गर्ने भनी आलोचित निजामती कर्मचारी का लागि २०६७ को सातौ निजामती सेवा दिवसको नारा “शिष्ठ र नम्र व्यवहार सेवाग्राही को अधिकार” भन्ने अति सुन्दर तथा सुहाउने नारा तय गरियो यो पनि कागजमा सिमित रह्यो । कार्यालयमा आएको फोन नउठाउने, नागरिकको कर्मचारी सगँको पहुच असहज भएको, हामी सेवक होइनौ मालिक हौं भन्ने भावनावाट ग्रस्त कर्मचारी तन्त्रलाइ २०६८ सालको आठौ नारा “ जनतालाई सम्मान र सेवा सुशासनलाई टेवा ” भन्ने अति सुन्दर नारा पनि कर्मचारी को वानी र व्यवहार सगँ कत्तिपनि तालमेल मिलेन भनेर आलोचना नै भइरह्यो । निजामती कर्मचारी अनुशासित हुन पर्यो चाहे त्यो कार्यस्थलमा होस् वा समाजमा जहा रहेपनि सहकर्मी सगँ वा सेवा ग्राही सगँ अनुशासित व्यवहार प्रर्दशन गर्नु पर्ने मान्यताका साथ २०६९ मा “ जनमुखी प्रशासन अनुशासन र सुशासन” भन्ने नारा सहित मनाइयो ।
निजामती सेवा दिवस मनाउन थालेको एक दशक पुगिसक्दा निजामती कर्मचारीहरुको प्रमुख आधार वा धरातल सुशासन र सदाचार हुनपर्ने मान्यताकासाथ “सुशासन र सदाचार निजामती सेवाको आधार ” भन्ने नाराकासाथ दशौ निजामती सेवा दिवस मनाइयो । यो नारामा निजामती सेवा दिवस मनाएको झण्डै एक दशक पुगिसक्दा सुशासन सगँ सम्वन्धीत विभिन्न ऐन नियम नियमावली कार्यविधि आचरण हरु जारी भएता पनि सदाचार शव्द का विषयमा भने खासै प्रयोग र प्रभावकारीता देखिदैन भने नीतिगत रुपमा पनि त्यति चासो दिएको पाइदैन ।
वदलिदो राजनितीक परिस्थिति, नागरिकका अपेक्षा र गुनासो निजामती सेवा भित्रका सवल पक्ष,प्रवृत्ति र प्रकृती आदी विषयलाई मध्यनजर गर्दै निजामती सेवालाई टिकाउने विकाउने लम्काउने र चम्काउने प्रमुख अस्त्र भनेको अनुशासन इमान्दारीता र नैतिकता हो भन्ने आभाष दिलाउन का लागि २०७१मा “ निजामती सेवाको मान्यता,अनुशासन इमान्दारिता र नैतिकता ” भन्ने नार सहित मनाइयो । २०७२ सालमा समृद्ध नेपाल निर्माणमा राजनितिज्ञहरुले निर्माण गरेका ऐन,कानुन, नीति, र विकासका गतिविधिमा इमान्दारिता पुर्वक लागि परि समृद्ध नेपाल निर्माण को लक्ष्य पुरा गर्न सवै भन्दा वलियो स्थायी संयन्त्र निजामती सेवा नै हो भन्ने मान्यतालाई मुर्त रुप दिनका लागि “निजामती सेवाको सपना समृद्ध नेपालको रचना” भन्ने मुल नारा २०७२ मा लिएको पाइन्छ ।
देश संघियतामा प्रवेश गरेसगै संघियता प्रभावकारी कार्यान्वयन, नागरिकको घरदैलोमा पुगि मैत्रिपुर्ण व्यवहारका साथ सुशासनको प्रत्याभुती दिनका लगि निजामती सेवा सवैभन्दा भरपर्दौ र नजिकको स्थायी र व्यवसायिक संयन्त्र हो भनी “सेवामैत्रि प्रशासन संघीयतामा सुशासन ” भन्ने अति सुन्दर नारा सहित २०७३ को तेह्रौ निजामती सेवा दिवस मनाइयो । अपसोच संघीयता कार्यान्वयनको प्रमुख समस्या निजामती सेवा त होइन भन्ने विषयमा समेत प्रशासनमा जानकार राख्नेहरुले चिन्ता समेत समय समयमा व्यक्त गर्न थालेका छन । सरकारले निर्माण गरेका ऐन नियम कार्यविधिहरु कार्यान्वयनमा निजामती सेवा प्रतिवद्ध रहनु पर्दछ जसले राष्ट्रिय उद्धेश्य हासिल गर्न सहयोग पुग्दछ र नागरिकको दैनिकीमा सुधार भई सुशासन अनुभुती हुने गर्दछ भनी २०७४ मा “निजामती कर्मचारीको प्रतिवद्धता पारदर्शिता र चुस्तता” भन्ने नारा सहित मनाइयो जसमा अझै सम्म पनि निजामती सेवा चुस्त हुन सकेत अपारदर्शी भयो भन्ने आरोपका श्रृङ्गखलाहरु थपिदै गइरहेका छन ।
निजामती सेवा मार्फत मुलुकलाई समृद्ध वनाउन र सुशासन कायम गर्न का लागि नतिजामुखी हुनुपर्दछ र नतिजा दिन सक्ने गरि काम गर्नुपर्दछ भन्ने मान्यताका साथ “नतिजामुखी प्रशासन,समृद्धि र सुशासन ” भन्ने नाराका साथ १५ औ निजामती सेवा दिवस मनाइयो फलस्वरुप निजामती सेवाले नतिजा दिन सकेन प्रकृयामुखी भयो भन्ने आरोप लागिरहेको छ जुन दुखद हो । निजामती सेवा सक्षम हुनु पर्दछ, सक्षम निजामती सेवाले नै प्रभावकारी रुपमा विकास का कार्य गर्न सक्दछ र नागरिकका आवश्यकता पुरा गरि आफुमा रहेको जिम्मेवारी लाई जवाफदेहि पुर्ण तरिकाले पुरा गर्दछ फलस्वरुप नागरिकले सुशासनको अनुभुती गर्न सक्दछ भन्ने मान्यतालाई मध्यनजर गरि २०७६ मा “सक्षम निजामती प्रशासन, विकास समृद्धि र सुशासन ” भन्ने नारा अगाडी वढाई निकै तडक भडक का साथ निजामती सेवा दिवस मनाइयो ।
“स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धी र सुशासन ” भन्ने नारा सहित २०७७ मा निजामती सेवा दिवसको १७ औ वर्षगाठ मनाइयो । जसमा निजामती सेवा प्रवाह स्वच्छ हुनु पर्दछ र वदलिदो विश्व परिवेशमा सवल,अव्वल,उत्प्रेरित र सक्षम निजामती सेवा नै समृद्धि र सुशासनको आधार रहेको कुरालाई मध्यनजर गर्दै निजामती सेवा दिवस मनाइयो । सरकारले तय गरेको समृद्ध नेपाल सुखी नेपाली को उद्धेश्यलाई मुर्त रुप दिन झुम्सो र प्रकृयामुखी निजामती सेवा सक्षम छैन र सेवालाई व्यवसायिक र सृजनशिल वनाउनु पर्दछ र हाम्रो निजामती सेवा पनि सोही दिशा तर्फ लाग्नु पर्दछ भन्ने मान्यता स्वरुप २०७८ मा “व्यवसायिक र सृजनशिल प्रशासन, विकास समृद्धि र सुशासन” भन्ने नारा (२०८२ सम्म का लागि ) सहित सभ्य र भव्य रुपमा विभिन्न कार्यक्रम का साथमा शुभकामना आदन प्रदान गरि सो नारालाई व्यवहारमा उतार्ने अठोट गरी निजामती सेवा दिवस मनाएको पनि एक वर्ष पुरा हुन लागेको छ ।
यस सिलसिलामा निजामती सेवा दिवस मनाउन थालेको झण्डै २ दशक वितिसक्दा यसको उपलव्धी कति भयो ? निजामती सेवा दिवस नमनउदाको अवस्था कस्तो थियो र दिवस मनाउन शुरु गरेपछि को फरकपना के छ ? निजामती सेवा दिवसका नारा एकातिर काम अर्को तिर त भएको छैन । वास्तवमा नाराले सेवाग्राही लाई के दियो र दिन्छ । सेवाग्राहीलाई दिन त तटस्थता,प्रतिवद्धता,इमान्दारिता, कार्यकुशलता, वौद्धिकता,सक्षमता र लगनशिलता आवश्यक पर्दैन र ? अनि उच्च मनोवल र उत्प्रेरित भावना चाहिदैन र ? यसका लागि कर्मचारी संयन्त्रमा ,सोचमा, विधिमा, विधानमा, आचरणमा के कस्ता परिवर्तन आवश्यक छ नेतृत्व पंक्ति यसको लागि तयार हुुनुपर्नेमा कहि कतै दुविधा देखिदैन । निजामती सेवा दिवसमा पुरस्कृत कर्मचारी हरुको पृष्ठभुमी के छ , दिवसको नारा मिठा र नरम कर्मचारीहरुको व्यवहार कडा र रुखो भन्ने गुनासोमा कति सत्यता छ, यस विषयमा भएका छलफलमा कति उपलव्धी भयो ।
संघीयता कार्यान्वयन भएको पाचँ वर्ष वितिसक्दा समेत निजामती सेवा ऐन नआउनु, प्रदेश र स्थानिय तहमा समायोजित कर्मचारी को मार्ग स्पष्ट नहुनु जस्ता विषयमा सम्वोधन नगरि एक दिन मिठो नारा घन्काएर मनाइने दिवसले परिवर्तन र सुधार होला त निजामती सेवामा, जिज्ञासा ।
जे होस,निजामती सेवा दिवसले प्रत्यक वर्ष एउटा पहिचान दिएको छ । जुन नाराले समग्र सेवालाई मार्ग दर्शन मिल्दछ । कर्मचारी पुरस्कृत हुदाँ उत्प्रेरणा र मनोवल वढाएको छ । सुधार र परिस्कृत हुन का लागि नैतिक दवाव दिएको छ । निजामती सेवाको उच्च नेतृत्व वौद्धिक वर्ग साथै व्यवसायिक व्यक्तित्व पनि हो जसले सम्पुर्ण कर्मचारी समेट्ने गरि कार्य योजना वनाउन सकेमा झण्डै एक लाख कर्मचारी हरुले स सानो सुधार गरेतापनि निजामती सेवा जनमुखी, र नतिजामुखी वन्न सक्दछ । तिन वटै तहका कर्मचारी ले राजनीति सगँ सहकार्य र समन्वय गरि सुन्दर देशलाई समृद्ध र नागरिकलाई सुखी वनाउन कर्मचारी हरुको योगदान महत्वपुर्ण हुन्छ । कर्मचारी तन्त्र को विकल्प सुधारिएको कर्मचारीतन्त्र नै भएको हुदाँ आजैवाट आफ्नो पेशाप्रति प्रतिवद्ध भएर लागी चुस्त दुरुस्त र भ्रष्टचारमुक्त सेवा प्रवाहमा लागौ भन्दै २०७९ सालको निजामती सेवा दिवसको अवसरमा सम्पुर्ण निजामती कर्मचारी हरुमा हार्दिक शुभकामना ।