संघीय निजामती सेवा ऐन अगाडि बढाइने मन्त्री पौडेलको उद्घोष

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संसद्मा रोकिएको सङ्घीय निजामती ऐन अगाडि बढ्ने बताएका छन् । सो ऐन अगाडि बढाउने बिषयमा मन्त्रिपरिषद्मा समेत छलफल भएको मन्त्री पौडेलले बताएका हुन् । नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ गण्डकी प्रदेशको दोस्रो भेलालाई आज पोखरामा उद्घाटन गर्दै मन्त्री पौडेलले ठूलो मेहेनतबाट तयार गरिएको निजामती ऐन विभिन्न कारणले संसद्मा अड्किएको भए पनि अब अगाडि बढाइने बताएका छन् ।

Advertisement 1

May be an image of 4 people and people standing

माओवादी केन्द्र गण्डकी प्रदेशका सहइन्चार्ज एवं प्रतिनिधिसभा सांसद यशोधा सुवेदीले निजामती क्षेत्रले राज्यको परिवर्तित अवस्थालाई मध्यनजर गरी सरल र सहजरूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएकी थिइन । सो कार्यक्रममा विश्व ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य एवं नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका सहअध्यक्ष मोहनमान स्वाँर, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका केन्द्रीय अध्यक्ष हरिबहादुर रावल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीका संयोजक रुद्र गौतम, राष्ट्रिय कर्मचारी सङ्गठन निजामती गण्डकीका अध्यक्ष कृष्णप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । भेलाले नयाँ नेतृत्व चयन गर्ने महासङ्घका संयोजक तारानाथ सुवेदीले जानकारी दिनुभयो ।

प्रकाशित :२०७८ कार्तिक १४, आईतवार ०६:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry