जेन जी आन्दोलन र राजनीतिक दलको भुमिका

नेपालमा केपि शर्मा वलीको नेतृत्वमा झण्डै दुई तिहाई बहुमतको सरकार चलिरहेको बेलामा एक उमेर समुहको जत्थाले अचानक आन्दोलन गर्न पुग्यो। जुन सत्ता पल्टाउने शक्तिमा रुपान्तरित त भयो तर यो विध्वंशको बाटोमा गई नेपालका ऐतिहासिक संरचना सहित महत्वपुर्ण अभिलेख समेत जली नष्ट भयो। ठुला राजनितीक दलका नेताहरु तथा सरकारमा रहेका पदाधिकारीहरु भागाभाग गर्नु पर्यो। शुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरुले नै सुरक्षा दिन नसकीने निश्कर्स निकाले संगै आन्दोलन अनियन्त्रित भई सार्वजनीक सम्पतिमा हानी नोक्सानी सहित ध्वस्त पार्ने काम सहज हुन पुग्यो। कुनै स्पष्ट नेतृत्व वेगरको हुर्रे आन्दोलनले यति सम्म क्षति गर्न सक्ला भनेर कोही कसैले पनि कल्पना र नजर अन्दाज गर्न सकेन। आखिर त्यो आन्दोलन केवल दुई दिनको मात्र भएको थियो। मिति २०८२ साल भाद्र २३ गते सोमबार र २४ गते मंगलबार भएको हो। त्यसको ठिक एक हप्ता अगाडी नेपाल सरकारले फेसवुक, म्यासेन्जर, टिकटक, जस्ता थुप्रै सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगाएको थियो। जुन प्रतिबन्धको कारण त्यस्ता सामाजिक सञ्जालहरु आंशिक रुपमा घरि कुन घरि कुन गरी बन्द हुने नचल्ने र घरी घरी चल्ने पनि भईरहेका थिए। यसैको विरोध स्वरुप र राजनेता तथा सरकारी कर्मचारीहरुको आचरण प्रति पनि रुष्ट भई यो जेन जी आन्दोलन हुन गएको देखिन्छ। तर खास कारण यहि हो भनेर स्पष्ट रुपमा नत जेन जी नत अरु कसैले भनेको पनि थिएन र अन्य कोही कसैलाई जानकारी पनि रहेको देखिंदैन। यसै आन्दोदनको कारणले सत्ता पल्टाउनुका साथै यस्तो सरकारी सम्पतिमा विध्वंश पारेको छ। जसको निशानामा सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालतहरु लगाएत सिहदरवार तथा त्यहाँका सवै मन्त्रालयहरु एवं प्रदेश संरचना र जिल्लाका कार्यालयहरु पर्न गए।
Advertisement 1
२०८२ भाद्र २३ गतेको आन्दोलनमा काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा अचानक शुरक्षाकर्मिको तर्फबाट गोलि चल्यो केही आन्दोलनकारीहरु मर्नुका साथै धेरै घाईते हुन पुगे। त्यसो त सुरक्षा निकाएका सुरक्षाकर्मिहरु पनि आन्दोलनकारीको ढूङ्गामुडा प्रहारबाट घाईते भएका छन। यो घटनाको प्रतिफल स्वरुप भोलिपल्ट २४ गते विहानै देखि आन्दोलन झन चर्कन पुग्यो। सुरक्षाकर्मिको सुरक्षाघेरा तोडिन पुग्यो र सिमित सुरक्षाकर्मिको बलमा सुरक्षा दिन नसक्ने निश्कर्ष सुरक्षा निकायले निकाले संगै आन्दोलनकारीहरु सजिलै सरकारी संरचनाहरुमा प्रवेश गर्न पाएको हो। यस दिनको आन्दोलन केवल जेन जी को संलग्नतामा मात्र नभई अन्य उमेर समुह र अन्य वर्गको समेत संलग्नता हुन गएको महशुस गर्न सकिने अवस्था थियो। हुन त यस दिनको आन्दोलनमा मृतक घाईतेका परिवारजन तथा आफन्त ईष्टमित्रहरु पनि संलग्न भएका होलान। तर जे जस्तो भए पनि आन्दोलन त आन्दोलन नै भयो र नेपालकै सम्पति अभिलेख नष्ट भए। आखिर हामी नेपाली नागरिकहरुनै यसको मारमा पर्न गएका छौं। यस आन्दोलनले हामिलाई आगामि दिनमा कसरी अगाडी बढ्ने भनि पाठ सिकाएको पनि छ। भने अर्को तर्फ हाम्रा अभिलेखहरुलाई कसरी सुरक्षित तवरले राख्न सकिन्छ भनि राम्रो पाठ पनि सिकाएको छ। यसै सन्दर्भमा हाम्रा सुचना प्रविधिको क्षेत्रमा काम गरिरहेका आई टी का जनशक्तिले त कसरी हाम्रा सम्पति अभिलेख बचाउन सकिन्छ भनि के समेतको तर्क दिएका छन भने, जुन विकल्प हाल चलि रहेका सामाजिक सञ्जालको सट्टा नेपालको आफ्नै सामाजिक सञ्जालको प्लेटफर्म बनाएर चलाउने र हाम्रा अभिलेख सुरक्षित तवरले राख्ने भनेर। यसो गर्न सकेमा आगामी दिनमा जस्तो सुकै परिस्थिती सृजना भएपनि हाम्रा अभिलेख सुरक्षित रहने देखिन्छ। यि विविध विषयलाई विनासले ल्याएका अवसरका कुराहरुको रुपमा पनि लिन सकिन्छ।
अब यस्तो आन्दोलन हुनुको मुख्य कारण र समस्या कहाँबाट सृजना भयो भनि किन कसरी यो घटनाक्रम विकास भयो भनेर केलाउन जरुरी छ। विश्वमा जे जस्ता घटनाहरु घटीरहेका हुन्छन तिनको कारण केही न केही रहेकै हुन्छ। उदाहरणको रुपमा गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलनलाई लिन सकिन्छ। त्यहाँ सरकारले विद्यार्थीवर्गको हित विपरित हुने गरी गरेको निर्णयका विरुद्धमा थियो। जुन पछी गएर सरकारनै विस्थापित हुन गयो र प्रधानमन्त्रीले भागेर अन्य मुलुकमा शरण लिन जानु परेको थियो। यस घटनालाई नजिकबाट नियालिरहेको नेपालको यो जेन जी वर्गले प्रधानमन्त्री के पी शर्मा वलीको नेतृत्वमा रहेको स्पष्ट बहुमतको सरकारले गरेको समाजिक सञ्जालमा लगाएको प्रतिवन्धको विरुद्धमा लागेको परिणाम हो। जसको फलस्वरुप नेपालमा जेन जी आन्दोलन हुन गयो। यो विद्रोह यति भयानक हुन पुग्यो की शुरु भएको दुई दिनमा नै प्रधानमन्त्रीले राजिनामा दिई बचावटका लागि निवास नै छाडी सुरक्षित स्थानमा जानु पर्यो। यसमा मुख्य दोष कस्को हो भनेर केलाउनु भन्दा समस्या के हो र समाधानका उपाय के हुन सक्छन भनेर केलाउने बेला आएको छ। सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु भनेको अरिङ्गालको गोलामा ढुंगा हान्नु सरह नै भयो। किन भने जेन जीको उमेर समुह अभिभावकको आदेशलाई पूर्ण रुपमा पालना गर्न पनि नसक्ने र त्यसको विकल्पमा काम गर्न पनि नसक्ने वर्गको रुपमा रहेको समुह हो। अर्को अर्थमा भन्दा बन्देजको घेरा तोड्न खोजिरहेको वर्ग पनि हो। यो वर्ग आफ्ना अभिभावक ईष्टमित्र नातागोता भाईचाराको सम्बन्ध भन्दा टाढा रही साथी संगिसंग बढि घुलमिल हुने र उनिहरुकै सर सल्लाह अनुशरण गर्ने वर्ग समुह पनि हो। यस्तो जिद्धिवाल वर्ग समुदायको मनोभावनामा कुनै ठेस लाग्ने काम भएमा तुरुन्तै प्रतिकारमा उत्रने स्वभावको पनि हुने भएकोले अति सजग र सतर्क रहनु पर्ने हुन्छ। तर यसको गहिरो अध्ययन नै नगरी सामाजिक सञ्जालमा मस्त व्यस्त रहने यस वर्ग लाई मानसिक आघात पर्ने गरी सरकारद्धारा गरेको त्यो निर्णय नै आन्दोलनको लागि विजारोपण हुन पुग्यो। यस्तो एकोहोरो वर्गमा सरकारी त्यो निर्णय आगोमा घ्यु थपे सरह हुन पुग्यो र देशले नसोचेको ठुलो क्षति व्यहोर्नु पर्यो।
Advertisement 2
प्रधानमन्त्रीले राजिनामा दिई सकेपछी दुई दिन सम्म नेपाल राज्य सरकार विहिनको अवस्थामा पुग्यो। हाल पुर्व प्रधानन्यायाधिश सुशिला कार्कीको नेतृत्वमा ताजा जनादेश वमोजिम नागरीक सरकार भनि गठन भै सहेको छ। यस सरकारले वर्तमान प्रतिनिधी सभाको विघटन गरि मध्यावधिको निर्वाचनको मिति समेत २०८२ फागुन २१ गते लाई तोकी सकेको छ।अव हुने प्रतिनिधि सभाको चुनावले कस्ता सांसद निर्वाचित गर्ला त्यो हेर्न बाँकी नै छ। तर यो जेन जी आन्दोलनको नेतृत्व कसको भनि खोजि गर्दा बल्ल सुदन गुरुङ भनि देखा परेका छन। यिनले यो आन्दोलन केवल तानाशाही प्रवृतिका राजनेता राजनितिक दल र भ्रष्टाचारको विरुद्धमा गरिएकोमा कसरी यस्तो विध्वंश हुन गयो भनेका छन। तर अव जे नहुनु थियो त्यो भै सकेपछी त्यसको भागिदार जेन जी वर्ग पनि रहेका छन। आगामी दिनमा राजनितिक दल र व्यक्तित्व , जेन जी समुह , नागरिक समाज एवं वर्तमान चुनावी सरकार समेत मिलेर यो देशलाई दिगो विकास गराउनु छ। यसका लागि राजनितिक दलहरु सक्रिय हुनै पर्दछ। तर राजनितिक दल र तिनका भातृ संगठनमा आवद्ध हुने व्यक्ति कस्ता हुनु पर्दछ भन्ने कुरा गम्भिर रहेको छ। फेरी पनि उहि पुरानै शैलिमा राजनीतिक दलका विधान राखि रहने र यिनै पुरातनबादी सोचका राजनेताहरु रहिरहने तथा पुन यिनीहरुनै आगामी निर्वाचनबाट पनि निर्वाचित हुने अवस्था भएमा नेपालमा झन विकराल स्थिती आउन सक्छ। यस्तो समस्याबाट छुटकारा पाउन राजनीतिक नेतृत्वहरु र सरकारी काम सम्पादन गरिदिने कर्मचारीहरु पनि सुधारीनु पर्ने जरुरी छ। देशलाई यस्तो अपुरणनिय क्षतिमा धकेल्ने काम राजनितीक दलमा आबद्ध व्यक्तिहरु र कर्मचारीहरुको आचरण तथा नयाँ पुस्ताको अग्रगामी चाहनानै मुख्य कारण हुन सक्छ भनि सहजै अनुमान लगाउन सकीन्छ। किनकी राजनेताहरुमा सत्तालिप्सा कायम रहनु र आफ्ना अनुयायीहरुलाई संरक्षण गर्ने संरक्षणबादको नीति रहनु। र कर्मचारीतन्त्रमा हामि जस्तो सक्षम त को हुनु नि भनि मनोभावनागत रुपमा दम्भ हुनु तथा नागरीक संगको सम्बन्धमा दुरी लामो बनाउनु हो। जब नागरीकसंग कर्मचारी टाढा हुन्छन तव नागरिकमा वितृष्णाको भावना जागृत भई नकारात्मक भाव कर्मचारी प्रति विकास हुँदै जान्छ। यसको उदाहरुणको रुपमा नागरीकको प्रत्यक्ष सम्पर्क हुने कार्यालयहरुमा कार्यरत रहेका कर्मचारीलाई ’ हामीले नै तिरेको करबाट तलब खाई हाम्रै काम नगरी दिने र दुख दिने “ भन्ने भनाईलाई लिन सकिन्छ । त्यसो त राजनीतिकर्मीहरुलाई पनि नभनेका होईनन त्यो के भने हामीले नै भोट दिएर जिताएकाले वास्ता नगर्ने भनेर। यसको अर्थ कसरी बुझ्नु पर्दछ भने नागरिकहरु न त नेतासंग न त कर्मचारी संग सन्तुष्ट रहेका छन भनेर। यसर्थ नेता राजनीतिकर्मी र कर्मचारी वर्ग हाल जे जस्तो स्वभाव र कार्यशैलिबाट सञ्चालित छन् त्यसमा सुधारीनु पर्ने जरुरी रहेको छ। किनकी हालै भएको जेन जी आन्दोलनको एजेन्डा पनि भ्रष्टाचार, संरक्षणबाद, तानाशाही प्रवृती र उमेरले नेटो काट्न लागेका नेताहरुको विरुद्धमा रहेको भन्ने कुराबाट प्रष्ट हुन्छ।
नेपालको सन्दर्भमा हालै भएको जेन जी आन्दोलनले झण्डै दुई तिहाई बहुमत रहेको सरकार गिराउनुका साथै सरकारी संरचना तथा अभिलेख नष्ट बनाउनु भनेको सरकारी काम र सरकारी निर्णयप्रतिको अरुचि नै हो। किनकी हरेक सार्वजनिक निकायमा रहने उच्च पदस्थ व्यक्तित्वहरु राजनीतिक भागवण्डाका आधारमा नियुक्ति गर्नु। र त्यस्ता नेतृत्वले नागरिकका समस्या समाधान गर्नु भन्दा पनि आफू सो पदमा कसरी पुग्ने र कति लामो समयसम्म सो पदमा टिकीरहने भन्ने तिकडम लगाउनु। अर्को तर्फ साधनस्रोतको उपयोग र वितरणमा अपारदर्शी एवं राम्रा भन्दा हाम्रालाई जिम्मा दिने प्रवृत्ती रहनु पनि हो। त्यसै गरी कर्मचारीतन्त्रमा पनि राजनीतिक दल र नेताको आडमा आफ्नो प्रभाव र प्रभुत्व जमाउने प्रवृत्ति हावी हुनुका साथै कार्य सम्पादन शैलीमा विभिन्न बहानाबाजी गरी समयमा कार्य फछ्र्यौट नगरी दिनु पनि हो। यसको नागरीकमा पर्ने सोझो बुझाई भनेको आर्थिक चलखेल रहेको भन्ने हो। हुन पनि त्यस्तै देखिने गरेको छ जुन काम यत्तिकै सम्पादन नहुने तर राजनीतिक दलको नेतृत्वले भनेका आधारमा सो काम फत्ते हुने प्रवृतिको कारण पनि हो। यदी प्रकृयानै नपुगेको काम भए नेताले भने पनि सम्पादन नहुने भए मात्र नागरीकको मन जित्न सक्छ कर्मचारी तन्त्रले। अन्यथा यस्तै भनाईहरु कर्मचारीले सुनिरहनु पर्ने र नागरीक प्रति नकारात्मकता बढाउँदै सम्बन्धको दुरी पनि टाढा पार्नु मात्र हो। जबसम्म राजनीतिकदल र राजनेताहरुमा नागरिकको हितमा काम गर्नु पर्छ र उनिहरुका समस्या समाधान गर्दै सेवा सुविधामा जोड दिनु पर्छ भन्ने भावना जागृत हुँदैन तब सम्म नागरिकको यस्तो समस्या रहि रहन सक्छ। त्यसै गरि सरकारको काम गर्ने स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र नागरिक प्रति जब सम्म जबाफदेही बन्दैन तब सम्म सरकारी काम र संरचना तर्फ नागरिकको रुष्टता कायमै रहि रहन्छ। यस विषयमा सतर्कता अपनाईएन भने निवृत्त कर्मचारीहरु पनि सामाजिक बहिष्करणमा पर्न सक्ने सम्भावना देखिन्छ। यस कारण आगामि दिनमा राजनितिक दल र सोमा आवद्ध राजनेताहरु लगाएत कर्मचारीहरु सुधारीनु अति जरुरी देखिन्छ। किनभने सरकारी कार्यालय संरचनाहरु र अभिलेख नष्ट गर्नु भनेको त्यस्तो संरचनामा आवद्ध भई मुर्त रुपदिन खटिने कर्मचारीको आचरण र नितीगत निर्णय गरिदिने राजनितिक दल तथा नेताहरुको स्वभावनै हो।
Advertisement 3
अहिले नेपालमा हरेक क्षेत्रमा देखिएको कार्य प्रकृति र प्रणालीको कारणले दुई दिनको आन्दोलनबाट यति ठुलो क्षति व्यहोर्नु पर्यो। किनकी नेपालमा स्थापना गरिएका उद्योग कलकारखाना बन्द गरिनु गराईनु, सार्वजनिक संस्थानलाई मरणासन्न अवस्थामा पुर्याउनु, निजिकरणका नाममा एकाधिकारी बनाईनु रहेका छन। यतिमात्र हैन राजनितिक नियुक्तिमा राम्रा भन्दा हाम्राको खोजि गरिनु, राजनितिक भागवण्डा लगाईनु, स्वच्छ निश्पक्षता कहि कतै नदेखिनु, यतिमात्र नभएर न्यायाधिश नियुक्तिमा समेत राजनितिक भागवण्डा मिलाउन खोज्नु नै नागरिकले वितृष्णा जगाउनु मुख्य कारक तत्वको रुपमा रहेका छन। त्यसैगरी सरकारी काम कारवाहिमा झन्झट, वहानावाजी, अस्पष्टता, ढिला सुस्ति हुनु पनि कारक तत्वका रुपमा लिन सकिन्छ। उदाहरणको रुपमा कुनै विकासको काम गर्नु गराउनु परेमा ठेक्कापट्टामा पारदर्शिता कायम नहुनु, मोलमोलाई हुनु, समयमा काम नसकीनु , नागरिकले सुविधा भन्दा बढी सास्ति खेप्नु पर्ने जस्ता कुरालाई सहजै लिन सकिन्छ। यस्तै यस्तै कारण र कार्य प्रकृतिले गर्दा राजनितिक दल नेता र कर्मचारीको सम्बन्ध नागरिक समुदाय संग टाढा हुँदै गएको देखिन्छ। आगामी दिनमा यस्ता कमिकमजोरीहरु नहटाईकन फेरी पनि अगाडी बढ्न खोजेमा पुन यस्ता हविगत नहोलान भनेर भन्न सकिने अवस्था छैन। गत विगतलाई हेर्दै आगामी दिनमा सवै क्षेत्र क्रमशः सुधारीनु पर्ने समय आएको छ। अझैपनि यस्तै प्रवृति दोहोर्याई रहने हो भने र सुधारका पाईला नचाउने हो भने नेपालले अग्रगामी निकाश पाउने हैन की अघोगामी धराप तिर धकेलिन सक्ने देखिन्छ। साच्चै नेपाल राज्यको उन्नति प्रगति र समृद्धिको चाहना राख्नेहो भने भोलि हैन आजैबाट तत्कालको ताजा जनादेश वमोजिम उठान र बहसमा ल्याईएका विषयवस्तुहरुमा गहन रुपले चिन्तन मनन गर्नु पर्ने देखिन्छ। यसै विषयमा हाल गठीत नागरिक चुनावि सरकार पनि सजग रही जिम्मेवारी तवरले अगाडी बढ्नु पर्ने देखिएको छ।
ताजा जनादेश अनुसार बहसको विषय बन्न पुगेका सुशासन, पारदर्शिता, जवाफदेहिता, ईमानदारीता र भ्रष्टाचारको अन्त्य संगै छिटो छरितो विश्वसनिय सेवा सुविधाको सुनिश्चितता कायम गर्नु अहिलेको प्रमुख काम रहेको छ। यस्तो गहन विषयमा एउटा पक्षमात्र सजग रहेर काम गर्दैमा पुरा हुन्छ भन्ने हुँदैन किनकी माथिका विषय एउटा वर्ग संग मात्र सम्बन्धित रहेको छैन। यो त माकुरे जालो झै एक अर्का संग जेलिएर रहेको छ। त्यसैले हरेक क्षेत्रबाट सुधारीनु जरुरी छ र यसलाई बढावा दिन सवै क्षेत्र र वर्गको उत्तिकै खाँचो एवं सहयोगको अपरिहार्यता रहेको छ। नितीहरुमा पनि राज गर्ने राजनितीले मुलुक र नागरिकको हित तथा सुविधामा विशेष ध्यान दिई काम गर्नु पर्छ। यसकालागि कस्ता राजनितिज्ञहरु हुनु पर्दछ त भन्ने चासोको विषयमा रहन्छ। नेपालमा हाल भई रहेका राजनितिज्ञहरु धेरै अनुभवि र खारिएका त छन तर वर्तमान परिवर्तित समयानुकुल परिमार्जित हुन सकेको देखिंदैन। यसैको कारण आआफ्नै राजनितिक दलमा आवद्ध राजनितिक व्यक्तित्व र नव युवाहरु विचमै पनि मतभेद हुँदै गरेको कुरा सतहमा नै आउनुले प्रष्ट हुन्छ। त्यसैले सर्व प्रथम राजनितिक दल र कार्यकर्तामा सुधार हुनु जरुरी देखिन्छ। यसकालागि राजनितिक दलको विधान परिवर्तन गर्नु पर्ने हुन सक्छ र कस्तो राजनेता हुने बनाउने भन्ने विषय स्पष्ट पारिनु पर्दछ।राजनिति भनेको देशको मुहानको रुपमा हुने भएकोले यसमा जति सुद्धता हुन्छ नि राज्य पनि त्यतिनै शुद्ध रहने गर्दछ। त्यसकारण राजनितिक दल र राजनेताहरुमा मुख्य रुपमा उमेर, शैक्षिक योग्यता, दलमा गरेको योगदान, नागरिक संगको सामिप्यता र लोकप्रियता जस्ता विषयका आधारमा केन्द्रीय स्तरको नेताहुने र तिनिहरुलाई नै प्रतिनिधि सभा निर्वाचनका लागि तयार गराउने गर्नु पर्दछ। यो काम सवैजसो राजनितीक दलमा हुनै पर्दछ। फेरी धेरै अनुभवी राजनितीमा दख्खल भएका व्यक्तित्वलाई विशेष राजनितीक सल्हकारमानि उनिहरुको सुझावलाई शिरोधार्य गर्दै समय समपेक्ष समयानुकुलित हुनु जरुरी छ। यति काम गर्न सकेमा राजनितिक दल र राजनितीक संस्कार सुधार हुन जान्छ। जब राजनितिक संस्कार सुधार हुन्छ तब समाज सुधारोन्मुख हुन पुग्छ। हाल नेपालमा रहेको राजनीतिक संरक्षणबाद निर्मुल गर्नु पर्ने अति आवश्यक रहेको देखिन्छ।
यसैगरी कर्मचारी संयन्त्रमा पनि सुधार गर्नु पर्ने देखिन्छ। यसका लागि दलिय आस्थाका आडमा हुने सरुवा, बढुवा, सेवा सुविधा जस्ता विषयहरुमा नियन्त्रण गर्नु पर्दछ। भने नागरिक मुल्यांकनका आधारमा कर्मचारीलाई दण्ड तथा पुरस्कारको व्यवस्था गर्दै त्यस्तै जिम्मेवारीमा संलग्न गराउने गर्नु पर्दछ। कर्मचारी र नागरिकको सम्बन्ध नजिक बनाउन कानूनी जटिलताहरु क्रमशः सुधार गर्नु पर्दछ। अझ कतिपय कर्मचारीलाई कामको परिमाण र जिम्मेवारी बहन गरेका आधारमा पारिश्रमीकको व्यवस्था गर्ने गर्नु पर्ने हुन सक्छ। नियतवश ढिला सुस्ति र गल्ति गर्ने कर्मचारीलाई तत्काल नोकरीबाट निश्काशन गर्न सकीने कानूनी व्यवस्था गर्नु पर्ने देखिन्छ। यस्तै यस्तै प्रकारका कार्यहरु गर्न स्पष्ट तर्क दिन नसके पनि जेन जीको वर्तमान आन्दोलन अगाडी बढेको हुन सक्ने अनुमान गर्न सकिन्छ। जब मुहान सफा हुन्छ तव खोला नदिहरु आफै सफा हुन्छन भने जस्तै मुलत राजनीति र राजनीतिक संस्कार सुधार हुने बित्तिकै अन्य सवै क्षेत्र क्रमशः सुधार हुदै जान्छन। त्यसैले आगामि दिनमा राजनीतिक दल र नेता तथा कर्मचारीहरु सुधार हुनु पर्ने स्पष्ट देखिएको छ भने हालै नेपालमा भएको यो विध्वंशको अपेक्षा पनि यही रहेको भन्ने बुझ्न सकिने देखिन्छ।