त्रिवि अध्यागमनको हाकिम हेरफेर : शाहीलाई मन्त्रालयमा तानेर घिमिरेलाई खटाइयो

गृह मन्त्रालयले निर्वाचनको मुखमा गृहका पाँच अधिकारीहरुको सरुवा टुंग्याएको छ । जसअनुसार त्रिवि अध्यागमनमा खटिएका पुष्पराज शाही गृहमा तानिएका छन् । पछिल्लो समय मानव तस्करी मौलाइरहेको समयमा एक्सनमा उत्रनु पर्ने त्रिवि एयरपोर्टमा खटिएका पुष्पराज शाही गृहमा तानिएका हुन । नेपाली युवा युवती विदेशमा अलपत्र परेर रुवावासी गर्दा समेत चुनावको मुखमा उनलाई गृहमा तानेर चीनमा अध्ययनका लागि पठाउने तयारी भइरहेको छ ।
शाहीका ठाउँमा कारागार व्यवस्थापन विभागबाट वाशुदेव घिमिरेलाई लगिएको छ । यस्तै कारागार व्यवस्थापन विभागमा चाहिँ चक्रपाणि पाण्डेलाई खटाइएको छ । पाण्डे चार महिनादेखि गृहको बरण्डामा थन्किएका थिए । उनलाई कपिलबस्तुको सिडियोबाट तानेर मन्त्रालयको अतिरिक्त समूहमा थन्काइएको थियो । चार महिना पछि पाण्डेले जिम्मेवारी पाएका हुन ।
यस्का अलवा गृहले तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेलाई मन्त्रालयमा तानेर त्यहाँ इलाका प्रशासन कार्यालय सिमराका इलाका प्रशासक मोहन अर्याललाई खटाइएको छ ।

प्रकाशित :२०७९ भाद्र २०, सोमबार ०९:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry