यी मापदण्ड पूरा गरे पाइन्छ कर्मचारी सञ्चयकोषबाट जग्गा खरिदका लागि ५० लाखसम्म सापटी (मापदण्डसहित)

के तपाई कर्मचारी सञ्चयकोषको सञ्चयकर्ता हुनुहुन्छ ? कम्तिमा एक वर्ष वा सो भन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेको हुनुहुन्छ ? उसो हो भने तपाईका लागि खुसीको खबर छ ।

Advertisement 1

कर्मचारी  सञ्चयकर्ताहरुले  सञ्चयकर्तालाई नयाँ घर खरिद गर्न तथा घर निर्माणका लागि सापटी दिदै आएकोमा अब जग्गा किन्नलाई समेत ५० लाख रुपैयाँसम्म सापटी दिने भएको हो ।

कर्मचारी सञ्चयकोषको केही दिन अघि बसेको कोष संचालक समिति बैठकले ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ संशोधन गर्दै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषले जनाएको छ ।

Advertisement 2

जसका लागि कोषले मापदण्ड तय गरेको छ । कर्मचारी सञ्चयकोषका प्रवक्ता दामोदर सुवेदीका अनुसार यो सापटी योजनाका लागि काठमाडौ उपत्यकाभित्रको हकमा न्युनतम तीन आना र काठमाडौं बाहिर ५ आना वा आठ धुर जग्गा हुनुपर्दछ । जग्गा खरिद सापटीको धितोको लागि न्यूनतम चार मिटरको बाटो हुनुपर्ने मापदण्ड बनाइएको छ ।

कोषका अनुसार, जग्गा खरिद गर्नको लागि सापटी दिन योग्य संचयकर्तालाई १० वर्ष अवधिको तलब वा ५० लाख रुपैयाँसम्मको सापटी दिइनेछ । यसरी किनिएको जग्गा भने संचय कोषमा धितोको रुपमा राखिनेछ ।
सञ्चयकर्ताले जग्गा खरिद सापटी लिन काठमाडौँ उपत्यकाको हकमा लगनखेलस्थित कोषको कार्यलयबाट तथा उपत्यका बाहिरको हकमा कोषका शाखा कार्यालयमा आवेदन गर्नुपर्ने छ ।

Advertisement 3

No description available.

कोषका अनुसार, सापटी रकम भुक्तानी अवधि भने १० वर्षको हुनेछ । सापटी भुक्तानीको लागि वार्षिक वा तीन तीन महिनामा किस्ता बुझाउन सकिनेछ । यस्तो सापटीको व्याजदर अहिले वार्षिक ७ दशमलव ९ प्रतिशत तोकिएको छ ।
सो कार्यविधिमा कोषबाट प्राप्त हुने अन्य कुनै पनि सापटी उपयोग नगरेका सञ्चयकर्ताले धितोले बढीमा १५ वर्षको तलब बराबरको रकम सापटी प्राप्त गर्ने कार्यविधिमा जनाइएको छ । ब्याज दर सात दशमलब ९० प्रतिशत तोकिएको सापटीका लागि खरिद गरिने जग्गा धितो राख्नुपर्ने छ ।

कर्जा चुक्ता अवधि सञ्चयकर्ताको बाँकी नोकरी अवधिमा नबढ्ने गरी अधिकतम दश वर्षको हुनेछ । कोषले यसअघि घर सापटी, घर मर्मत, सापटी र सरल चक्रकर्जा लिएका सञ्चयकर्ताको हकमा सापटी चुक्ता गरेपछि र शैक्षिक सापटी लिएका सञ्चयकर्ताको हकमा कर्जा नियमित गरेको अवस्थामा मात्र सापटी लिन सकिनेछ ।

जग्गा खरिद सापटीको अधिकतम सीमा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी सञ्चयकर्ता कार्यरत तह वा श्रेणीको सुरु तलबमा र सेवा अवधिको आधारमा १० वर्षको तलब वा अधिकतम ५० पचास लाख वा जग्गा खरिदबिक्री गर्ने व्यक्ति, सरकारी निकाय वा कम्पनीले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी सापटी रकम प्रदान गरिने कोषले जनाएको छ ।

सञ्चयकर्ताले पहिले लिएको जग्गा खरिद सापटी चुक्ता गरेमा पुनः दुई पटक मात्र जग्गा खरिद सापटी लिन सक्नेछन् ।

प्रकाशित :२०७८ मंसिर ५, आईतवार १४:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry