नानीदेखिको बानी सिस्नुपानी लगाएर नजानी
कुकुरको पुच्छर बाह्रसम्म ढुंग्रोमा राखेपनि बाङ्गाको बाङ्गै भने जस्तो उमेरले चार दशक नाघी सक्दापनि नानीदेखि लागेको बानी नछाड्ने बेशिसहर ७ का वडा अध्यक्षका दाइ कवाडी बमे नामले परिचित वम बहादुर बस्नेत लागु औषध कारोबारीको आरोपमा फेरि पक्राउ परेका छन ।
दसदिन अघिमात्र जिल्ला प्रहरी कार्यालय लमजुङको लिमावानको जिम्मा सम्हालेका प्रकाश श्रीमलले गत बुधबार पत्रकार भेटघाट मार्फत आफ्नोमुख्य नौ योजना सार्बजनिक गरेका थिए । बलात्कार, हत्या हिंसा , लागु औषध ओसारपसार तथा बिक्री बितरण, फरार अभियुक्त लगायत अन्य अपराध नियन्त्रण र न्यूनीकरणमा बिषेश जोडदिने बताएको हप्तादिन नकत्दै पुराना र नयाँ दुई लागु औषध कारोबारी पक्रन सफल भए ।
Advertisement 1
गतबर्षको अन्तिमतिर मात्रै कास्की कारागारबाट छुट्दा उनले कारागार प्रमुख काजिमान सुनार सामु अब नयाँ जिन्दगी शुरु गर्ने र यस्तो कुलतमा नफस्ने वाचा पनि गरेका थिए । तर बिरालो काशी जादै मा मुसा खान छोडछ र भनेझै दुई बच्चा र श्रीमती सहित बेनपा ८ मा कवाडी संकलन केन्द्र संचालक बस्नेतलाई जिल्लाका घुमुवा हबल्दार थमन गुरुङ्को सुराकमा ३ सय ११ एम्पुल लागूऔषधसहित २ जना पक्राउ परे ।
०६७ सालदेखि हाल सम्म आधा दर्जन मुद्दा खेपेका बस्नेत ५र६ बर्ष जेल सजाय भोगेका ब्यक्ति हुन । पछिल्लो समय उनको हर्कत शकास्पद देखिए पछि प्रहरीले उनको पिछा गरेको थियो । यहि क्रममा बस्नेतको कोठामा छापा मार्दा २ मिलिग्रामको डाइजेपाम, एम्पुल १५ थान, फेनरगन एम्पुल १५ थान र नुफिन एम्पुल १५ थान बरामद गरिएको प्रहरी निरीक्षक विष्णु विकले जनाएका छन् । बस्नेतले आफू सुत्ने कोठामा झुन्डाएको रेनकोटभित्र लुकाइ छिपाइ राखेको अवस्थामा लागूऔषध भेटिएको हो । भने, उनी सगै पक्राउ परेका मर्स्याङ्दी ३ ठेक्कापट्टा गर्ने २९ बर्षका दोर्जे लामाको साथबाट २ मिलिग्रामको डाइजेपाम, ९० थान एम्पुल, फेनरगन ८९ थान र दुई थान मोबाइल समेत बरामद गरिएको छ ।
Advertisement 2
लामाले घरमै लागूऔषध लुकाई छिपाइ बिक्री गर्दै आएको सूचनाका आधारमा कोठा खानतलासी गर्दा कपडा राख्ने ठूलो झोलाभित्र कपडाको बीचमा पहेंलो प्लाष्टिक बेरेर राखेको अबस्थामा ति लागूऔषध फेला पारेको प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी गराए । जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा चलाउने डिएसपी श्रीमलले जनाएका छन् ।
अञ्जनकुमार ।