बरण्डामा हाकिमका बथान

मुलुकको प्रमुख प्रशासकीय केन्द्रभित्रै दर्जन बढी सहसचिव, दर्जन उपसचिवलाई बरण्डामा थन्क्याइएको छ ।
सहसचिवलाई मन्त्रालयको बरण्डामा थन्क्याएर, सहसचिवकै दरबन्दी भएको जिल्लामा उपसचिवलाई प्रशासनको कमाण्डर बनाएर खटाइएको छ ।

Advertisement 1

गृहमा मात्र सात जना सहसचिव बरण्डामा थन्क्याइएको छ । जसमा सहसचिवहरू जसमा गोविन्द रिजाल, आस्मान तामाङ, रुद्रादेवी शर्मा, उमेश ढकाल, सुमन घिमिरे, थानेश्वर गौतम, लालबाबु कवारीसम्म छन् । उनीहरुको दैनिकी मन्त्रालय जाने र हाजिर गरेर फर्कने गरेका छन् ।

गृहले आफैंले बनाएको मापदण्डलाई कुल्चिएको पाइएको छ । सहसचिवहरुलाई बरण्डामा थन्काएर उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको पाइएको छ । सहसचिवलाई खटाउनु पर्ने कतिपय जिल्लामा उपसचिवलाई सिडिओ बनाएर खटाइएको छ,प्रशासन सुधारका लागि आफैंले बनाएको कार्यविधिको धज्जी उडाइएको छ ।

Advertisement 2

ती सहसचिवहरुमध्ये कतिपयले बस्ने कार्यकक्ष र कुर्सी समेत नपाएको गुनासो इकर्मचारी डटकमसँग गरेका छन् ।

गृहमा सहसचिवमात्र होइन उपसचिवहरु पनि बरण्डामा थन्किनेमा परेका छन् ।जगेडामा थन्क्याइएका उपसचिवहरुमा  मित्रलाल शर्मा, कल्पना शर्मा, गंगा बहादुर क्षेत्री लगायत उपसचिव पनि जिम्मेवारीविहिन छन् ।

Advertisement 3

गृहमा मात्र होइन, यस्तो भद्रगोल अर्थ,सामान्य, शिक्षा मन्त्रालयतिर समेत देखिएको छ ।

प्रकाशित :२०७९ फाल्गुन २, मंगलवार १६:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry