पाँच सहसचिवको सरुवा,अर्थमन्त्रालय भित्रिए बराल, खत्री र सुवेदी

अर्थमन्त्री परिवर्तन भएसँगै कर्मचारी हेरफेर प्रक्रिया शुरु भएको छ । अर्थमन्त्री डा प्रकाश शरण महतले आफू अनुकुलका टिम अर्थमा भित्राएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका भुपाल बराल र श्रम तथा रोजगार मन्त्रालयका रहेका उत्तरबहादुर खत्रीलाई अर्थ मन्त्रालयमा भित्राइएका छन् । विष्णुप्रसाद पौडेल अर्थमन्त्री हुँदा गत पुसमा बराल अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरुवा भएका थिए । यस्तै युवराज खतिवडा अर्थमन्त्री हुँदा खत्री सरुवामा परेका थिए । बराल र खत्रीसँग अर्थ मन्त्रालयमा काम गरेको लामो अनुभव छ ।

Advertisement 1

यस्तै वावुराम सुवेदी पनि अर्थ मन्त्रालयमा भित्रिएका छन् । यी तीनै जना काँग्रेस निकट कर्मचारीको रुपमा पनि चिनिने गर्छन् । यस्तै अर्थका झक्क आचार्य पुनः श्रम मन्त्रालयमै पठाइएको छ भने अर्थबाट सुमन दाहाल राष्ट्रिय योजना आयोगमा खटाइएको छ ।

प्रकाशित :२०७९ चैत्र २३, बिहीबार १८:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry