यी हुन मन्त्रिपरिषद् बैठकका पछिल्ला ११ निर्णय

गत भदौं ३१ मा बसेको मन्त्रिपरिषद्का बैठकले गरेका विभिन्न ११ वटा निर्णय सार्वजनिक भएको छ । जसमध्ये पूर्ववर्ति केपी ओली सरकारले गरेको एउटा निर्णय यो सरकारले खारेज गरिदिएको छ । ओली सरकारले ७७ कार्तिक २७ को निर्णय देउवा सरकारले खारेज गरिदिएएको हो । विराटनगर विमानस्थलका लागि १२६ दशलमव ४६ विघा जग्गा अधिग्रहण गर्ने यसअघिको सरकारको निर्णय वर्तमान सरकारले खारेज गरिदिएको छ।

Advertisement 1

यस्तै कालीमाटी फलफूल तथा तरकारी फलफूल बजार विकास समितिको अध्यक्षमा कृषि मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीलाई तोकिएको छ । यस्तै सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गर्ने र संस्थान सुझावसम्बन्धी समिति गठन गर्ने निर्णय पनि क्याविनेटले गरेको छ ।

1663490848निर्वाचन अधिकृत
यस्का अलवा विद्युत सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिन स्वीकृत दिने,विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृत दिने, (राष्ट्रिय भूमि आयोगका सदस्यहरूमा नवलपरासी पश्चिम पालीनन्दन गाउँपालिका २ का श्री सुदर्शन खरवारलाई नवलपरासी पश्चिमको र पोखरा नगरपालिका वडा नम्बर ९ का सोमबहादुर नेपालीलाई कास्की जिल्ला समितिको विज्ञ सदस्य पदमा नियुक्ति गर्ने लगायतका निर्णय गरेको छ ।

प्रकाशित :२०७९ आश्विन ३, सोमबार ०५:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry