यी हुन अटेरी १४३ स्थानीय तह
नयाँ आर्थिक वर्ष शुरु भएको एक महिना बित्न लाग्दासमेत १४३ वटा स्थानीय तहले चालु आर्थिक वर्षको बजेट पेश गरेका छैनन् । ७५३ स्थानीय तहमध्ये हालसम्म ६१० वटाले मात्र चालु आर्थिक वर्षको बजेट पेश गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
Advertisement 1
सबैभन्दा धेरै मधेश प्रदेशका स्थानीय तहको बजेट पेश हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म बजेट पेश नगर्ने स्थानीय तहमा प्रदेश नम्बर १ का २३, मधेस प्रदेशका ५०, बागमती प्रदेशका १७ गण्की प्रदेशका ४, लुम्बिनी प्रदेशका २०, कर्णाली प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १२ वटा रहेका छन् ।
bajet 11
Advertisement 2
प्रकाशित :२०७९ श्रावण २७, शुक्रबार १३:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%