पाँच महिनामा काठमाडौंको महानगरपालिकाको बजेट खर्च १७ प्रतिशत मात्र

 

Advertisement 1

काठमाडौं महानगरपालिकाको बजेट खर्च निराशाजनक देखिएको छ ।

चालु आर्थिक बर्षको ६ महिना समय व्यतित हुँदा महानगरपालिकाले जम्मा १७ दशमलव ७८ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ । आइतबार सकिएको नगरसभामा यस्तो जानकारी दिइएको हो ।
चालु आर्थिक बर्षका लागि राजस्वतर्फ विनियोजितमध्ये २४ अर्ब चार करोड ५४ लाख एक हजजारमध्ये पुस अन्तिमसम्म ४ अर्ब २७ करोड ४१ लाख ५० अर्थात बिनियोजित बजेटको १७ दशमलव ७८ प्रतिशत मात्रै खर्च भएको उपमेयर सुनिता डंगोलले जानकारी दिएकी छिन् ।
उनका अनुसार विनियोजित बजेट खर्च भएकोमध्ये पूर्वाधार विकासतर्फ ११ दशमलव ६४ प्रतिशत, आर्थिक विकासमा १३ दशमलव ३४ प्रतिशत, सामाजिक विकासमा १८ दशमलव ७९ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १० दशमलव ८४ प्रतिशत र कार्यालय सञ्चाललनतर्फत ३६ दशमलव ४७ प्रतिशत खर्च भएको छ ।

प्रकाशित :२०८० पुष २९, आईतवार १४:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry