कर छली र राजश्व चुहावटमा सात कर्मचारीसहित २८१ विरुद्ध मुद्धा दर्ज
राजस्व अनुसन्धान विभागले पछिल्लो आठ महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २८१ जनाविरुद्ध ११३ मुद्दा दर्ता गरेको छ। जस्मा सात जना राष्ट्रसेवक कर्मचारीहरु समेत मुछिएको विभागले जनाएको छ । विभागका अनुसार उनीहरूबाट जरिवानासहित २१ अर्ब ७१ करोड बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ।
Advertisement 1
राजस्व चुहावटतर्फ मात्रै जरिवानासहित २० अर्ब ६१ करोड ३० लाख ८६ हजार बिगो कायम गरी २०३ जनाविरुद्ध ६९ मुद्दा दर्ता भएको छ। जसमा सात सरकारी कर्मचारीसमेत छन्। विभागका अनुसार विदेशी विनिमय अपचलनतर्फ एक अर्ब १० करोड २१ लाख बराबरको बिगो कायम गरी ७८ जनाविरुद्ध ४६ मुद्दा दर्ता गरिएको छ।
विभागका अनुसार राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २८१ जनाविरुद्ध ११३ मुद्दा दर्ता गरेको छ । उनीहरुमाथि जरिवानासहित २१ अर्ब ७१ करोड बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ । राजस्व चुहावटतर्फ मात्रै जरिवानासहित २० अर्ब ६१ करोड ३० लाख ८६ हजार बिगो कायम गरी २०३ जनाविरुद्ध राजस्व चुहावटमा ६९ मुद्दा दर्ता भएको छ । जसमा सात राष्ट्रसेवक कर्मचारीसमेत डामिएका हुन।
Advertisement 2