‘सचिव डम्प’ गर्ने अखडा बन्यो प्रधानमन्त्री कार्यालय

अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सातजना सचिवको दरबन्दी पु¥याइएको छ । जबकी त्यहाँ ३ जना सचिव नै काफी हुने प्रशासकहरु बताउँछन् ।
त्यहाँ अतिरिक्तदेखि प्राविधिक सचिवसम्मको दरबन्दी थपेर अहिले सात जना सचिव बनाइएको छ । जबकी अत्यन्त महत्वपूर्ण मानिएका अर्थ र पर्यटनजस्ता मन्त्रालय भने खाली राखिएको छ ।

Advertisement 1

कर्मचारीका लागि आकर्षक अड्डा हुनुपर्नेमा त्यहाँ पठाइँदा सचिवहरुले कारवाही गरेको ठान्ने गरेका छन् । अहिले प्रधानमन्त्री कार्यालयमा धनराज ज्ञवाली,दिनेशप्रसाद भट्टराई,सुरेश आचार्य,रामप्रसाद घिमिरे र खगेन्द्रप्रसाद नेपाल छन् । खगेन्द्र विशेष क्षमता भएका कारण उनका लागि एउटा दरबन्दी प्रधानमन्त्री कार्यालयमा थपिएको छ । यस्तै अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री कार्यलयको अतिरिक्त समूहमा राखिएको छ । जहाँ उनीहरुको कुनै काम नै हुँदैन
यस अघि रामकुमारी झाक्रीको पेलानमा परेर शहरी विकासबाट प्रधानमन्त्री कार्यालयमा पुग्दा रमेश सिंहले एउटा प्राविधिक दरबन्दी नै सृजना गरेका थिए । अहिले त्यहाँ कार्यरत रहेका सातजनामध्ये चार सचिव इलम बिहिन छन् । उनीहरुको काँधमा एउटा माहाशाखाको बराबरको जिम्मेवारी समेत छैन । यसबाट के प्रष्ट हुन्छ भने प्रम कार्यालय विगतदेखि नै अस्तव्यस्त अवस्थाबाट गुज्रिएको छ ।

सचिवको संख्या घटाएर ७२ बाट ४५ देखि ४८ मा झार्न सुझाव दिने सचिव लक्ष्मण अर्याल अवकाश लागेर घर फर्किएका छन् । उनैको कार्यदल सचिवको दरबन्दी धेरै भएको भनेर घटाउनुपर्ने सुझाव तयार पार्दै थियो, यता सरकारले भने आफैंले गठन गरेको समितिलाई बाइपास गरेर दुई दरबन्दी थप गर्दै सात पु¥याइदियो ।
लायक र योग्य सचिव राखेर एक्सनमा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिवहरु थन्काउने अखडा बन्न पुगेको छ । कसैलाई मन्त्रालयबाट हटाउनुपर्यो भने ती सचिवलाई प्रधानमन्त्री कार्यालय लगेर कारबाही गरेको अनुभूति दिलाइन्छ । यस्ता प्रवृत्तिका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कामकारवाही प्रभावकारी हुन नसकेको कार्यालयकै कर्मचारीहरु सुनाउँछन ।

प्रकाशित :२०७९ श्रावण २१, शनिबार ०७:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry