प्रधानमन्त्री कम्बोडिया जानु अघि चार निकायमा नियुक्ति,एउटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न तीन निकायमा नियुक्ति गरेको छ । प्रधानमन्त्री प्रचण्ड कम्बोडिया जानु अघि आज बसेको क्याविनेट बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक,सांष्कृतिक संस्थानको महाप्रवन्धक, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशक र नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षको नियुक्ति गर्ने निर्णय गरेको छ ।
Advertisement 1
बुधबार बसेको क्याविनेटले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ल,नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई र सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धकमा किरण बाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्ने निर्णय गरेको छ । सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जनाएकी छिन् । यस्का अलवा सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिएको छ । बैठकले उक्त विधेयक गृह मन्त्रालयलाई संसद्मा पेश गर्न स्वीकृत गरेको हो ।
Advertisement 2
यस्तै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय भर्खरै सकिएको क्याविनेट बैठकले गरेको छ ।
Advertisement 3