सिंहदरबारमा कर्मचारी खात,जिल्लातिर पर्पुरोमा हात

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भएका कर्मचारी खटाउन सकेको छैन । बरु दर्जन उपसचिव र सहसचिवहरु अहिले बरण्डामा घाम तापिरहेका छन् । विवेक घिमिरे,सुवास पौडेल, रोशन अर्याल, जनक थापा, सुमन धिताल, होमनाथ काफ्ले, गोविन्दप्रसाद गौतम, विमला रोक्का श्रेष्ठ, अर्जुन राई, रामप्रसाद आचार्य, विनोद कुँवर, एकदेव खनाल, नवराज अधिकारी, भीमबहादुर बुढा हरेक दिन सामान्य प्रशासन मन्त्रालय पुग्छन्, हाजिर गर्दै दिन कटाउँछन्।
यस्तै अहिले सामान्य प्रशासन मन्त्रालयको जगेडामा सहसचिवहरु यामप्रसाद भुसाल, विष्णुप्रसाद कोइराला, ज्ञानप्रसाद ढकाल, भुपेन्द्र थापालगायतका बरन्डामा थन्काइएका छन् । केही दिनमै बढुवा हुँदैछन् । यदि गृहले चार–पाँच जना सहसचिव लैजाने हो भने जगेडाको समस्या हुँदैन । किनभने, उसले प्रथम श्रेणीका हाकिमलाई सिडिओ बनाउनुपर्ने थुप्रै जिल्लामा उपसचिवबाट काम चलाइरहेको छ । मन्त्रालयमात्र उस्तो होइन, सहसचिवहरू पनि गतिला नहुँदा समस्या भएको हो । एउटा महानगरपालिकासहित केही उपमहानगरपालिकामा सहसचिवहरू दरबन्दी भएर पनि हाजिर हुन गएका छैनन् । यदि सबै सहसचिव ठाउँमा जाने हो भने जगेडाको दुःख नहुने मात्रै हैन, सहसचिवहरू नपुगेर उपसचिवलाई कामुका रुपमा खटाउनुपर्ने स्थितिको अन्त्य हुन्छ । वीरगञ्ज महानगरको कार्यकारी अधिकृत सहसचिवले जान नमान्दा उपसचिवले चलाइरहेका छन् । उपमहानगरमध्ये जितपुर सिमरा, घोराही, तुलसीपुरमा पनि सहसचिव छैनन् । दलित आयोग, सत्य निरुपण, वीर अस्पतालमासमेत सहसचिवको दरबन्दी छ । तर, कोही जान नमान्ने अनि जगेडामा पर्ने अवस्था भएको एक हाकिमले बताए । खासमा उनीहरू बढुवा भएकै त्यही दरबन्दीका लागि हो । कर्मचारीको तलब र सेवा सुविधामा राष्ट्रको ढुकुटी भने खर्च भइरहेको छ। तर, राज्यको ढुकुटीबाट सेवा सुविधा लिइरहेका कर्मचारी भने कामै नदिई बेकामे बनाएर राखिएको छ।

Advertisement 1

यता बरण्डामा सहसचिवलाई राखेर उपसचिवलाई सहसचिव दरबन्दी भएका जिल्लाको सिडिओ बनाएर खटाइएको छ ।जाजरकोट, सप्तरी, रौटहट, बाँके, जुम्ला, दाङ, पाँचथर, संखुवासभा, ओखलढुंगा, धादिङ, पर्सा, प्यूठान, सिन्धुपाल्चोक, बारा, लम्जुङ, खोटाङ, स्याङजालगायतका एक दर्जन बढी जिल्लामा उपसचिव नै प्रजिअ भएर काम गरिरहेका छन्। जबकी, काम नपाएर एक दर्जन बढी सहसचिव सामान्य प्रशासन मन्त्रालयमा घाम तापेर दिन कटाइरहेका छन्।

नेपाल सरकारको प्रशासनिक मुख्यालय ठानिने सिंहदरबारमा हाई काढेर कतिपय कर्मचारीको जागिर पाकेको छ तर कतिपय मोफसलका कार्यालयमा भने अतिरिक्त कामका कारण सेवारत कर्मचारी थाकेको अवस्था छ

प्रकाशित :२०७९ श्रावण ४, बुधबार ११:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry