सामाजिक सुरक्षा कोषको नयाँ व्यवस्था :- अब घर किन्न ७५ लाख र पढ्न ३५ लाख सापटी पाइने

सामाजिक सुरक्षा कोषमका योगदानकर्ताले कोषबाट थप सुविधाहरु पाउने भएक छन् । कोषले एक सूचना जारी गर्दै थप चार वटा सुविधा पाउने व्यवस्था गरेको हो । मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ स्वीकृत गरेसँगै योगदानकर्ताले यस्तो सुविधा पाउने भएका हुन् ।
हालै कोषले अघि सारेको योगदानकर्ता सापटी योजना अघि सारेको छ । जसमा योगदान रकमको आधारमा समितिले तोकेको मापदण्ड अनुसार योगदानकर्ता विशेष सापटी, धितोमा आधारित घर सापटी, शैक्षिक सापटी तथा सामाजिक कार्य गरी चार शीर्षकमा सापटी लिन सक्ने कोषले जनाएको छ ।
जसमा योगदानकर्ता सापटी कुल लगानीको १५ प्रतिशतसम्म पाइने व्यवस्था गरिएको छ । सो कार्यविधिमा भएको व्यवस्थाका अनुसार योगदानकर्ताले घर सापटी अन्तर्गत ७५ लाख रुपैयाँ पाउने छन् । जसअनुसार १५ बर्षको पारिश्रमिक बराबर सापटी पाइने छ । त्यस्तै विवाहका लागि पनि ५ लाख रुपैयाँसम्म सापटी दिने व्यवस्था कार्यविधिमा गरिएको छ । यो शीर्षक अन्तर्गतको सापटी योगदानकर्ताले एकाघरको विवाहका लागि समेत लिन पाउने भएका हुन् ।
Advertisement 1
यस्तै, योगदानकर्ताले स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययनका लागि ३५ लाख रुपैयाँसम्म सापटी पनि पाउने व्यवस्था गरिएको छ । यो सापटी सुविधाका लागि कोषमा कम्तिमा ३ वर्ष योगदान गरेको हुनुपर्नेछ । यसमा थप शर्तहरु पनि लागू हुने छन्।
कोषमा हाल १२ हजार ९ सय ३५ रोजगारदाता तथा १ लाख ८० हजार ५ सय ३१ श्रमिक सूचीकृत छन् । योगदानकर्ताको ३ अर्ब २० करोडभन्दा बढी रकम कोषमा जम्मा भइसकेको कोषले जनाएको छ ।
Advertisement 2
साथै, योगदानकर्ता विशेष सापटी बाहेक अन्य सबै सापटीको कूल योगदान रकम १ करोड वा १५ वर्षको तलब बराबरको रकममध्ये कम हुने रकम सीमा भित्र रही धितोले खामेसम्म तोकेको छ । साथै, कर्जा भुक्तानीको आधारमा पर्याप्त भएको हुनुपर्नेछ । सापटकिा निम्ति कोषमा कम्तिमा ३ वर्षसम्म लगातार योगदान गरेको हुनुपर्ने तर स्वाप गरेको अवस्थामा समयको हद नलाग्ने व्यवस्था लगानी कार्यविधिले समेटेको छ ।
झण्डै २ बर्ष समय व्यतित भइसक्दा समेत रोजगारदाता र श्रमिकहरू आकर्षित हुन नसकेपछि कोषले कार्यविधि संशोधन गरी सापटी सुविधा अघि सारेको हो ।