७ हजार घुस लिने अधिकृत अख्तियारको फन्दामा

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि नै प्रश्न चिन्ह उठ्न थालेको छ । एक/ दुई हजार घुस र रिसवत लिने कर्मचारीहरु रंगेहात पक्राउ पर्ने तर करोडौं घुस खानेको मुद्धा नै अगाडि बढ्दैन ।
Advertisement 1
अख्तियारले हिजैमात्र ७ हजार रुपैयाँ घुससहित एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छन् वन अधिकृत नारायण पार्दे ।
बाँकेस्थित सव–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत पार्दे ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन ।काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिको टोलीले पार्देलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई अख्तियारको टोलीले बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ बाट नियन्त्रणमा लिएको हो ।
Advertisement 2
यस अघि ३० हजार रिसवत लिएको आरोपमा पक्राउ परेकी एक कम्युटर अधिकृत अहिले दोषी करार भएकी छिन् । चार पाँच हजार रिसवत लिएको आरोपमा अख्तियारले मुद्धा चलाउने ती मुद्धा पनि सानो दर्जाका कर्मचारी, थोरै पैसाको मुद्धा चल्ने, कसुरदार ठहरिने सिलसिला चलिरहँदा सिक्टा सिँचाइ आयोजनामा दुई अर्ब १३ करोड रूपैयाँ भ्रष्टाचार गर्ने पूर्वमन्त्री विक्रम पाण्डेसहित १२ जनाले सफाई पाए । विशेष अदालतले मान्छे हैन, सिक्टाको माटो र पानी नै दोषी हो भनिदियो ।