विज्ञापन रद्ध,पदसंख्या संशोधन र परीक्षा स्थगनसम्बन्धी लोकसेवाको सूचना

लोकसेवा आयोग केन्द्रीय कार्यालयले यस अघि खोलेको केही विज्ञापन रद्ध गरेको छ भने बढुवातर्फको पदसंख्या संशोधन गर्नुका साथैं उपसचिव तहका लागि खुलाइएको एउटा विज्ञापनको अदालतका आदेशका कारण परीक्षा स्थगन गरेको जनाएको छ ।

Advertisement 1

आयोगद्धारा जारी सूचना अनुसार,मानवअधिकार सेवा अधिकृत द्धितीय तहतर्फ यस अघि ०७९ असोज २६ मा प्रकाशित विज्ञापन रद्ध गर्नुका साथैं जेष्ठता, कार्यसम्पादन र कार्यक्षमता आधारमा गरिने बढुवाको संख्या समेत संशोधन गरिएको आयोगले जनाएको छ ।

Advertisement 2

 

यस्तै आयोगले परराष्ट्र सेवाको उपसचिव तहको परीक्षा समेत स्थगन गरेको सूचनामा जनाइएको छ ।

प्रकाशित :२०७९ मंसिर २१, बुधबार ०६:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry