धमाधम करारका कर्मचारी फाल्दै स्थानीय सरकार

करारमा भर्ना गरिएका कर्मचारीहरु धमाधम हटाउन थालेको छ । स्थानीय तह अन्र्तगतका शिक्षा,स्वास्थ्य, कृषि तथा अन्य स्थानमा रहेका करारका कर्मचारीहरु विभिन्न स्थानीय थहहरुले साउन १ देखि हटाउने भएको छ । बैतडी जिल्लाको डिलासैनी गाउँपालिकाले करारमा कार्यरत कर्मचारी साउन १ देखि करार अवधि नथप्ने निर्णय गरेको हो।

Advertisement 1

विस २०७८ पुसयता नियुक्त गरेका सबै करार कर्मचारी र शिक्षकहरुलाई साउन १ गतेदेखि काममा नआउन गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए। त्यस्तै दशरथचन्द नगरपालिका शिक्षा शाखाले एक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका विद्यालयमा कार्यरत करार शिक्षकको अवधि थप्ने÷नथप्ने क्षेत्राधिकार पालिकाको रहेकाले यसतर्फ सचेत हुन सबै विद्यालयलाई आग्रह गरेको छ । त्यस्तै कालीकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाअन्तर्गत काम गरिरहेका करार कर्मचारी हटाएको छ।

Advertisement 2

असार ११ गतेको गाउँसभाबाट आर्थिक वर्ष २०७९र८० देखि करार कर्मचारीको अवधि नथप्ने निर्णय गरेको हो । असार २४ गतेको मितिमा सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि कामकाज नगर्न करार कर्मचारीलाई सूचित गरेको छ। ‘गाउँपालिकाको समानीकरण अनुदानबाट तलब भत्ता भुक्तानी भई २०७४ देखि करारमा रहेका कर्मचारीहरूको मिति २०७९र४र१ गतेदेखि करार सम्झौता नवीकरण नहुने निर्णय भएकोले अर्को निर्णय नभएसम्म हाजिर भई कामकाज नगर्नु हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।

Advertisement 3

त्यस्तै मुगु जिल्लाको सोरु गाउँपालिकाले पनि करारका कर्मचारी हटाउने भएको छ । मिति २०७९र०३र१० गते वसेको गाउँकार्यपालिकाको बैठक र दशौं दरखास्त साल श्रावन १ गतेबाट थप नहुने जनाएको छ । रौतहटको कटहरिया नगरपालिकाले पनि साउन १ देखि करारका कर्मचारीहरु हटाउने निर्णय गरेको छ । त्यस्तै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले पनि करारमा कार्यरत कर्मचारी साउन १ देखि करार अवधि नथप्ने निर्णय गरेको छ। त्यस्तै कैलालीको गौरीगंगा नगरपालिकाले पनि करारमा कार्यरत कर्मचारी साउन १ देखि करार अवधि नथप्ने निर्णय गरेको हो।

 

प्रकाशित :२०७९ असार २८, मंगलवार १०:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry