खर्बाै बजेट चलाउने मन्त्रालय महिनौं दिनदेखि सह सचिव बिहिन
खर्बाै बजेट खेलाउने भौतिक योजना मन्त्रालय सह सचिव बिहिन बनेको महिनौं बनिसक्यो ।
Advertisement 1
४ सह सचिवको दरबन्दी रहेको सो मन्त्रालयमा कुनै पनि सह सचिव छैनन् ।
गोपाल सिग्देल लामो समयसम्म खटाएको टाउँमा नगई अटेर गरेर सिंहदरबारमै बसेको बात लागेका उनी अन्तत कर्णाली प्रदेशमा भौतिक योजना मन्त्रालयको सचिवको रुपमा खटिएका छन् । उनी आगामी वैशाखमा संघको सचिब बन्ने लाइनमा छन् ।
यस्तै मन्त्रालयको अर्काे सह सचिव प्रमिला बज्राचार्य रेल विभागको महानिर्देशक बन्न गएसँगै अर्काे सह सचिव पद पनि रिक्त छ । महिला कोटामा सह सचिव बनेकी उनी केपी ओलीकै सरकार रहेको खण्डमा मन्त्रालय पाउनेछिन् । उनलाई प्रदेशतिर भौतारिरहनुपर्ने छैन् ।
यस्तै सरोज प्रधान अवकाश पाएसँगै त्यो पद रिक्त छ ।मन्त्रालय लामो समयदेखि प्रवक्ता बिहिन बनेको छ ।महिनौदेखि मन्त्रालय मातहतको पूर्वाधार निर्माण तथा यातायात महाशाखा,योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा लगायतका महाशाखा सह सचिव बिहिन बनेको छ ।
आगामी आइतबारसम्ममा सह सचिव नियुक्ती हुने मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सुनाए ।
यता भवन निर्माण विभागका सह सचिव इ. मणिराम गेलाल सचिवमा बढूवा भएसँगै महानिर्देशक पद रिक्त छ । त्यहाँ महानिर्देशक बन्ने लाइनमा पदम मैनाली, वाग्मती अधिकार सम्पन्न आयोजनाको आयोजना प्रमुख नवराज प्याकुरेल र विभागकै भवन निर्माण महाशाखा हेर्ने रामचन्द्र दंगाल र चक्रवर्ती कण्ठ प्रतिष्पर्धामा छन् ।
जसमध्ये मैनालीकै पल्लाभारी हुने सम्भवना प्रवल छ ।
Advertisement 2
यता नागरिक उड्यन प्राधिकरण अन्तगतको त्रिभुवन अन्त्राष्ट्रिय विमानस्थल एयरपोर्टको महाप्रवन्धक पद महिनौदेखि रिक्त छ । त्यहाँको हाकिमले अवकाश पाएसँगै एयरपोर्ट कार्यलय निमित्तको भरमा चलिरहेको छ ।