सामान्य प्रशासनबाट किन श्रम मन्त्रालयमा सरुवा रोजे सचिव अर्यालले ?

अधिकांश सचिवहरु मन्त्रीसँग टसलका कारण सरुवा हुन्छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका रुपमा राजेन्द्र श्रेष्ठले गत २२ असोजमा नियुक्त भए ।
र,नयाँ मन्त्री आएको डेढ महिना नबित्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल सरुवा भए । उनी त्यहाँबाट श्रम मन्त्रालयमा पुगेका छन् । सामान्य सचिवका रुपमा निर्वाचन आयोगबाट सुरेश अधिकारीलाई लगिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन स्रोतका अनुसार मन्त्री र सचिवबीच कुनै तित्तता थिएन । सचिव अर्याल आफैं सरुवा खोज्दै श्रम मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई भेट गरेका थिए अघिल्लो साता मात्र ।
सो बिषयमा इकर्मचारीले अघिल्लो साता नै जिज्ञासा राख्दा सचिव अर्यालले अफवाह मात्र भएको भन्दै पन्छिएका थिए ।
गत बर्ष कार्तिक ३ गते मन्त्रालयमा हाजिर भएका अर्याल सामान्यमा पुगेपछि आएपछि निजामती कर्मचारीको आचरणदेखि धेरै बिषयमा सुधारका यत्न गरे ।
उनले पोशाक भत्ता बुझेर सरकारी पोशाक नलगाई कार्यालय आउने कर्मचारी अनुगमन गर्नेदेखि अनिवार्य ड्रेस कोर्ड लागू गरे ।
लोकसेवा तयारी कक्षा पढाउन नीजि इन्स्टिच्युटमा धाउने प्रशासकहरुमा रोक लगाउन खोजे ।
स्वीकृतिविना कुनै कर्मचारी प्रशिक्षण कार्यमा संलग्न भए÷नभएको सम्बन्धमा सम्बन्धित सरकारी निकायहरूबाट कडाइका साथ अनुगमन गर्ने र भएको पाइएमा आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन खोजे ।
यस्का अलवा सरकारी कार्यालयमा बसेर कार्यालय समयमा शेयर बजारको कारोबार गर्न कर्मचारीलाई कस्न खोजे ।
मन्त्रालयको दश बर्ष रणनीतिक योजना तर्जुमा गर्ने काम पनि उनकै समयमा भयो ।
कर्मचारी सरुवा बढुवामा कर्मचारी युनियन हाबी हुने प्रवृत्ति बढेपछि चलखेल रोक्न सचिव अर्यालकै सक्रियतामा अनलाइन सरुवा प्रणाली सञ्चालनमा मात्र आएन । सरुवा बोर्ड गठन समेत गरियो ।
यस्तै निजामती कर्मचारीलाई १० लाख बरावरको सामूहिक विमा (कामकाजको सिलसिलामा हुने दुर्घटनाजन्य) गर्ने कार्य अगाडि बढाउने देखि सात वटै प्रदेशका इस्यु बारे अपडेट रहन हरेक प्रदेश हेर्ने गरी १÷१ जना (कुल ७) उपसचिवलाई फोकल पर्सन तोक्ने लगायतका दर्जनौं सुधारका यत्न गरिरहेका थिए ।
उनले कर्मचारीलाई कस्न खोजेको अनुशासनमा राख्न खोजेपछि सो बिषय कर्मचारीहरुलाई मन परिरहेको थिएन ।
झण्डै १३ महिना सामान्य प्रशासनमा बिताएका हक्की स्वभावका अर्याल आफैंले सरुवा खोजेर श्रम मन्त्रालयमा पुगेका छन् ।

प्रकाशित :२०७८ मंसिर १४, मंगलवार ११:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry