चुनावको मुखैमा सरकारी कर्मचारीहरुको एक पछि अर्काे सुविधा कटौती
सरकारले खर्च घटाउन भन्दै सरकारी कर्मचारीहरुको सेवा सुविधा खोस्न थालेको छ । निर्वाचनको मुखैमा यस अघि सरकारले सरकारी कर्मचारीहरुको इन्धन खर्च कटौती गर्ने निर्णय गरिसकेको छ ।
Advertisement 1
सरकारले खर्च घटाउन कर्मचारी तथा पदाधिकारीहरुको इन्धन कटौती गर्नेदेखि वैदेशिक भ्रमणमा रोक लगाएको हो । पछिल्लो क्याविनेटले सरकारी कर्मचारीहरुले पाउँदै आएको इन्धन सुविधा २० प्रतिशतले कटौती गर्नेदेखि कर्मचारीहरुको विदेश भ्रमणमा समेत रोक लगाउने निर्णय गरेको हो ।
आर्थिक बर्ष ७८/ ०७९ को बजेटमार्फत १० प्रतिशत इन्धन खर्च गरिएकोमा यसलाई बढाएर २० प्रतिशत पुर्याएको छ । यद्यपि यो निर्णय विकास आयोजनाहरू शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय निर्वाचन प्रयोजनका लागि लागू नहुने अर्थ मन्त्रालयले जनाएको छ । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले नेपाल सरकारको तर्फबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नेबाहेक सरकारी खर्चमा हुने अन्य वैदेशिक भ्रमणमा रोक लगाउने समेत गरेको छ ।
Advertisement 2
यस अघि पत्रपत्रिका खरिद, छपाइ, गोष्ठी, सेमिनार, आन्तरिक भ्रमणलगायतको खर्चमा पनि मितव्ययिता कायम गरी नियन्त्रण गर्ने निर्णय सरकारले गरेको छ। ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०७८’ जारी गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय पनि सरकारले गरेको छ। मापदण्डमा अत्यावश्यकबाहेक नयाँ गाडी खरिद नगर्ने, इन्धन खर्च कटौती गर्ने, पुराना लिलाम गरेपछि मात्रै नयाँ फर्निचर खरिद गर्नेलगायत उल्लेख छ।