सिंहदरबार वैद्यखानाका पूर्व हाकिमले चाबी बोकेर हिँडेपछि…

सिंहदरबार वैद्यखाना विकास समितिका पूर्वनिमित्त कार्यकारी निर्देशक डा सबरी साहले नयाँ कार्यालय प्रमुखलाई बर बुझारथ नगर्दा कार्यालयको दैनिक कार्यसञ्चालनमा समस्या भएको छ ।

Advertisement 1

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार असार १३ गतेदेखि समितिको निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादव नियुक्त भई कार्यालयमा गएर काम गर्दै आएका छन् । यादवलाई साहले कार्यालयको बरबुझारथ नगर्दा काममा समस्या भएको हो । मन्त्रालयले हटाएपछि वैद्यखानाको कार्यालय प्रमुखका कक्षका टेबुल, दराजका साँचो भने साहले नै लगाएर हिँडेका छन् ।

‘टेबलका घर्रा, दराज सबै बन्द छ, पूर्वकार्यालय प्रमुखले केही कुरा पनि बुझाउनुभएको छैन, धेरै मानिस विभिन्न पत्र खोज्दै आउनुहुन्छ, म आफैँले त्यस विषयमा बरबुझारथ गर्न नपाएकाले कार्यालय सञ्चालनमा केही समस्या भएको छ’ नवनियुक्त निमित्त कार्यकारी निर्देशक यादवले भने । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित :२०७९ असार २५, शनिबार ०९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry