कर्मचारीहरुले तहबृद्धिका लागि सात दिनभित्रैमा आवेदन पेश गर्नुपर्ने

मधेश प्रदेश सरकारका विभिन्न मन्त्रालयहरुले प्रदेशका मन्त्रालयमा कार्यरत कर्मचारीहरुलाई तह बृद्धिका लागि आवेदन माग गरेको छ । प्रदेशका अर्थ मन्त्रालय,सामाजिक मन्त्रालय,खानेपानी तथा उर्जा मन्त्रालय,उद्योग पर्यटन तथा वन मन्त्रालय,भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालय लगायतका निकायहरुले प्रदेश निजामती सेवा ऐन २०७७ को दफा ४० बमोजिम स्तर बृद्धिका लागि ती मन्त्रालय मातहतका कार्यलयमा कार्यरत कर्मचारीले स्तर बृद्धिका लागि सात दिनभित्र निवेदन पेश गर्न भनिएको छ ।
मन्त्रालयमा कार्यरत कर्मचारीहरु छैटौंं र आठौं तहमा स्तरबृद्धि हुन योग्यता पुगेका कर्मचारीहरुले मन्त्रालयको वेव साइडमा उपलव्ध फाराम भरी मन्त्रालयमा पेश गर्न भनिएको छ ।
स्तरबृद्धि हुनका लागि स्तरबृद्धि हुने तहभन्दा एक तह मुनि तीन बर्ष सेवा अवधि पुगेको प्रमाणखुल्ने कागजात (नियुक्ति,समायोजन,पदस्थापनको पत्र),कम्तिमा तीस कार्यदिन सेवासँग सम्बन्धित बिषय तालिम प्राप्त गरेको प्रमाणपत्र पेश गर्न भनिएको छ । यस्तै पछिल्लो तीन आर्थिक बर्ष कार्यरत रहेको कार्यालयका नाम र ठेगना  पेश गर्न भनिएको छ ।

Advertisement 1

हेर्नुहोस् सूचनाः

Advertisement 2

 

प्रकाशित :२०७९ असार २४, शुक्रबार १२:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry