कर्मचारीमा कोहीको कहर,केहीलाई कमाल
तीन साता अघिमात्र शक्तिशाली मानिएको राजश्व अनुसन्धान विभागको हाकिम फेरिए अब अर्काे शक्तिशाली निकाय सम्पत्ति शुद्धिकरणको हाकिम समेत तान्ने गृहकार्य प्रारम्भ भइरहेको छ ।
झण्डै पाँच महिना सामान्य प्रशासनको बरण्डामा थन्काइएका झलकराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुँदै तीन साता अघि राजश्व अनुसन्धान विभागको कमाण्डरको रुपमा खटाइएको छ । आठ महिनासम्म त्यहाँको कमाण्ड सम्हालेका प्रकाश पौडेल सामान्य प्रशासनको अक्तिरिक्त समूहमा थन्काइनेमा परेका छन् । प्रकाश सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा जाने चाँजो पाँचो मिलाइरहेका छन् । सञ्चारमा दुई सह सचिवको दरबन्दी रिक्त रहेकोमा रेखा कँडेल अस्तिमात्र त्यता पुगेकी छिन् । सामान्यमा महिनौंसम्म जगेडामा रहेकी रेखा कँडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगत मुद्रण विभागको डिजी बनाइएको छ । हालै मात्र सहसचिव विनोद सिंह सचिवमा उक्लिएसँगै एक पद त्यहाँ रिक्त छ । त्यहाँ जान प्रकाश पौडेलले प्रयास गरिरहेका छन् ।
्निजामती सेवा नियमावलीले भन्छ,कुनै पनि कर्मचारीलाई दुई महिनाभन्दा बढी अक्तिरिक्त समूहमा राख्न मिल्दैन तर सरकारले नियम विपरित ५ महिनासम्म केही सहसचिवलाई सामान्य प्रशासन मन्त्रालयको बरण्डामा थन्काएर भर्खरै जिम्मेवारी दिएको छ । जसमध्येका हुन्,झलकराम अधिकारी । अधिकारी यस अघि सहकारी विभागको रजिष्टार हुँदा बदनामी कमाएका कर्मचारी हुन यस्तै ठूला करदाता कार्यालयमा कर अधिकृत पदमा रहेर काम गरिसकेका उनलाई राजश्व मार्न पल्किएका केही व्यापारी र विचौलियाको सेटिङमा अधिकारीलाई राजश्वको हाकिम बनाइएको कर्मचारीहरु सुनाउँछन् ।
राजश्व अनुसन्धान विभागको पहिलो हाकिम हुन लोकमान सिंह कार्की । त्यसपछि त्यहाँ तीर्थराज शर्मा ज्ञवाली, नुतनराज श्रेष्ठ, टिकादत्त निरौला, तीर्थराज शर्मा ज्ञवाली हुँदै अर्काे बदनामी कमाएका आयुक्त दिप वस्न्यात कमाण्ड सम्हाले ०५८ साल भदौं २८गते देखि २०६१ साल साउन २६ सम्म । उनी पछि माधव प्रसाद ढकाल, केशव प्रसाद भट्टराई, आत्माराम पाण्डे, टंकमणी शर्मा, महेश प्रसाद दहाल,श्री शान्त बहादुर श्रेष्ठ, जन्म जय रेग्मी हुन्ँदै खुम राज पुञ्जाली त्यहाँका हाकिम बने । जब केपी ओलीले सम्पत्ति शुद्धिकरण,राअबि र राजश्व अनुसन्धान आफू मातहत ल्याए त्यसपछि यो विभाग झनै अस्थितर बन्यो । बालकृष्ण घिमिरेले १३ महिना, रामशरण चिमोरिया ५ महिना, निर्मलहरि अधिकारीले १३ महिना राजश्वको बागडोर सम्हालेको सो विभाग रामकृष्ण सुवेदीले सम्हाले ५ महिना । उनी पछि सहसचिव भुपाल बरालले ८ महिना कमाण्ड गर्ने अवसर पाएका थिए । रामप्रसाद अचार्य हुँदै दीर्घराज मैनाली सबैभन्दा लामो समय २९ महिना त्यहाँ बसे । कोकाकोलाको कर छली प्रकरणमा छानबिन गरेकै कारण प्रकाश पौडेललाई त्यहाँबाट हुत्याइएका एकाथरी कर्मचारी टिप्पणी गर्दछन् ।
Advertisement 1
यस्तै अर्का राजश्वबाट सामान्यमा तानेर चार महिनासम्म भूमिकाबिहिन बनाइएका सहसचिव शोभाकान्त पौडेललाई बल्ल जिम्मेवारी पाएका छन्, खानेपानी मन्त्रालयको । यस्तै प्राविधिक सहसचिव गणेशराज बस्ती चार महिनासम्म भूमिकाबिहिन बनाएर अस्ति शुक्रवारमात्र गण्डकी प्रदेशको भौतिक मन्त्रालयतिर खटाइएको छ । यातायातका हाकिम नमराज घिमिरे वन तथा वातावरण मन्त्रालयतिर हुत्याइँदा अर्थका सहसचिव महेश आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशमा पठाइएको छ भने धनीराम शर्मालाई राष्ट्रिय योजना आयोगतिर तानिएको छ । यस्तै सबैभन्दा छिटो छिटो सरुवा हुनेमा सहसचिवमा पर्दछन्् शिवराम गेलाल उनलाई राष्ट्रिय दलित आयोगबाट गेलाललाई मुख्यमन्त्रीको कार्यालयमा बाग्मती प्रदेशमा खटाइएको छ ।
सामान्यता एउटा प्रदेशबाट अर्काे प्रदेशमा सहसचिवलाई खेदिदैन तर आस्था नमिलेकै कारण चार महिनामै नेत्र सुवेदी बाग्मती प्रदेशबाट लुम्बिनी प्रदेशतिर हुत्याइनेमा परेका छन् । अझैं पनि सामान्यको जगेडामा एक दर्जन कर्मचारी छन् । अचेल सरुवा बढुवाको काम र सूची होटलमा बन्ने गरेको सामान्य प्रशासनका अधिकारीहरु सुनाउँछन् ।
Advertisement 2
बदनामी कमाएका अर्काे सहसचिव यामप्रसाद भुसाल,सेवन्तकराज दाहाल, विश्वनाथ अर्याल, प्रकाश पौडेलहरुको दैनिकी अहिले दैनिक मन्त्रालय जाने र हाजिर गरेर फर्कनेमा सीमित पारिएको छ । यता काठमाडौंमा मेयर परिवर्तन भएसँगै सहसचिव विष्णुप्रसाद कोइराला काठमाडौं महानगरपालिका ताकेर बसेका छन् ।
काठमाडौंको सिडिओ खान फणिन्द्र पोखरेलहरु मुख मिठ्याएर बसेका छन् । सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक भट्टराईले आफ्नो सरुवा हुन लागेको संकेत गरेका छन् ।