कर्मचारीलाई तहगत रुपमा लैजाँदा समानता कायम हुनेछ : मन्त्री श्रेष्ठ

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सङ्घीय निजामति ऐनमा सबै कर्मचारीलाई तहगतरुपमा लैजाँदा कर्मचारीबीचमा समानता कायम हुने बताएका छन्।
Advertisement 1
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले ‘ब्याच प्रमोसन’ गर्दा कर्मचारीको मनोबल उच्च हुने उल्लेख गरे । स्थानीय र प्रदेशमा तथा सङ्घको पनि स्वास्थ्य सेवामा तह व्यवस्था रहेको छ । कतिमा तहगत र कतिमा श्रेणीगत व्यवस्था भएकाले एउटै र समान बनाउन लागिएको उहाँले बताए। उनले भने, “निश्चित् अवधिमा तहगत रुपमा लैजाँदा कर्मचारीको मनोबल बढ्छ ।”
सङ्घीय निजामति कर्मचारी ऐन पारित हुँदा कर्मचारीको मनोबल बढ्ने र प्रशासनमा भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने मन्त्री श्रेष्ठको भनाइ छ । विगतमा सरकारले तीन तहमा कर्मचारीको सङ्ख्या यकिन गरिसकेको उनले बताए । मन्त्रालय सङ्घीयता कार्यान्वयनका लागि महत्वपूर्ण विधेयक अघि बढाउन लागेको उनले बताए। उनका अनुसार सङ्घीय निजामति कर्मचारी ऐन र सङ्घीय मामिला प्रशिक्षण प्रतिष्ठान दर्ता गरेर सदनमा प्रस्तुत गरिनेछ ।
Advertisement 2
अहिले राजनीतिक दलहरुको महाधिवेशन र त्यसपछि स्थानीय तह निर्वाचनका कारण यो अघि बढाउन ध्यान नपुगेको उनको भनाइ छ । अहिले संसद् चालु भइरहँदा नै विधेयक दर्ता गरिने मन्त्री श्रेष्ठले बताए। विश्वस्तरको सङ्गठन ‘फोहम अफ फेडेरेसन’ मा जान प्रयास गरिएको उनले बताए । उनका अनुसार मन्त्रालयले स्थानीय तहमा निर्वाचितलाई प्रशिक्षण दिइरहेको छ ।