चार सहसचिवको सरुवा
सरकारले चार सहसचिवको सरुवा गरेको छ । जसमध्ये एक निर्वाचन आयोगका सह–सचिवको समेत सरुवा गरिएको हो । नेकपा टुक्रिएर आधिकारिताका लागि आयोगमा परेको निवेदनमाथि कामकारबाही चलिरहेका बेला आयोगका कानुन महाशाखाका प्रमुखको सरुवा भएको हो ।राजनीतिक दलसम्बन्धी ऐनका आधारमा यो मुद्धालाई सुक्ष्म रुपमा हेरिरहेका एक सह सचिव राताराता कान्तिपथस्थित आयोगबाट लखेटिएका हुन् ।
Advertisement 1
त्यहाँका कानुन महाशाखाका प्रमुख लक्ष्मीप्रसाद गौतमलाई आयोगबाट कानुन आयोगतिर खेदिएको छ ।
उनी निर्वाचन आयोगमा पुगेका बर्ष दिन पनि भएको छैन् । गौतमलाई कानुन आयोगतिर खटाएर त्यहाँ पुष्कर सापकोटालाई पठाइएको छ । उनी गृह मन्त्रालयमा कार्यरत थिए ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मंगलबार गौतमको कानुन आयोगमा सरुवा भएको छ भने उनको ठाउँमा गृह मन्त्रालयका पुष्कर सापकोटा लगिएका छन् ।
दश महिना अघि मात्रै मुख्यमन्त्रीको कार्यालय, हेटौडाबाट निर्वाचन आयोगमा आएका गौतमको सरुवालाई चासोका साथ हेरिएको छ ।
Advertisement 2
यसैगरी गृह मन्त्रालयमा लोक सेवाका धर्मराज कुइँकेललाई सरुवा गरिएको छ भने आयोगमा गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका दल बहादुर अधिकारीलाई पठाइएको छ ।