लोकसेवा आयोगले खोल्यो ठूलो संख्यामा नासुको विज्ञापन (सूचनासहित)


लोकसेवा आयोगले ठूलो संख्यामा नासु तहको विज्ञापन खुलाएको छ । आयोगले अप्राविधिकतर्फ खुल्ला र समावेशी गरी लिखित परीक्षाको विज्ञापन प्रकाशन गरेको हो ।

Advertisement 1

आयोगले सातवटै प्रदेशमा गरी आठ सय ४३ जनाको लागि आवेदन मागेर विज्ञापन प्रकाशन गरेको हो । माग गरिएका पदहरुमध्ये खुल्लाबाट चार सय ११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट चार सय ३२ जनाको पदपूर्ति गर्ने आयोगले जनाएको छ ।

ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको लागि तथा खुल्ला पदपूर्तिका लागि भारी सङ्ख्यामा विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ ।आयोगले काठमाडौंसहित आफ्ना सातै वटा प्रदेश कार्यलयबाट विज्ञापन खुलाएको हो ।न्याय,प्रशासन,परराष्ट्र सहित लेखापरीक्षकका लागि आयोगले विज्ञापन प्रकाशन गरेको छ ।

Advertisement 2

दरखास्त बुझाउने अन्तिम मिति माघ २० गतेसम्म र दोब्बर दस्तुर तिरी माघ २७ गतेसम्म रहेको छ । दरखास्त अनलाइनमार्फत बुझाउन सकिने छ ।

धनकुटा कार्यालयबाट २७ खुला,७ महिला,६ आदिबासी जनजाती,,५ मधेसी,१ दलित र पिछडिएको क्षेत्रबाट १ ,जलेश्वर कार्यालयबाट २८ खुला,८ महिला,७ आदिबासी जनजाती,३ मधेसी,१ दलित ,१ अपांग र १ पिछडिएको क्षेत्र आरक्षण छुट्टाएर विज्ञापन प्रकाशन गरेको छ ।

Advertisement 3


यस्तै सूचना अनुसार काठमाडौं कार्यलयबाट खुला ८४,महिला २३,आदिबासी जनजाती २०,मधेसी १४,दलित ५,अपांग २ र पिछडिएको क्षेत्रबाट १ जनालाई आरक्षण कोटामा विज्ञापन प्रकाशन गरेको छ ।


यस्तै पोखरा कार्यलयबाट खुला २९,महिला ७,आदिबासी जनजाती ६,मधेसी ५, दलित १,अपांग १ र पिछडिएको क्षेत्र २ कोटा छुट्टाएर विज्ञापन प्रकाशन गरेको छ ।


आयोगको बुटबल कार्यलयबाट खुला २८,महिला ७,आदिबासी जनजाती ६,मधेसी ७,दलित २,अपांग १ र पिछडिएको क्षेत्रबाट १ जनाका लागि आरक्षण छुट्टाइएको छ ।
सुर्खेत कार्यालयले १३ खुलासहित महिला ३,आदिबासी जनजाती २ मधेसी ३ र दलित कोटामा २ जनाका लागि विज्ञापन खुलाउँदा दिपायल कार्यलयले खुला २० ,महिला सात,आदिबासी जनजाती ४,मधेसी ५ र दलित कोटामा १ जनाको लागि विज्ञापन खोलेको छ ।

प्रकाशित :२०७७ पुष २९, बुधबार ०७:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry