बाढीले पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान

गोरखा। बाढीले झोलुङ्गे पुल बगाएपछि धार्चे गाउँपालिकाका बासिन्दालाई लक्ष्यित गरी बुढीगण्डकीमाथि तुइन जडान गरेको छ। जडानसँगै यसको प्रयोग पनि थालिएको छ।
Advertisement 1
झोलुङ्गे पुल महाशाखाले धार्चे गाउँपालिकाको केन्द्र माछाखोलालाई लामाबेँसी र केरौँजासँग जोड्ने गरी २ वटा तुइन जडान गरेको छ। यसअघि धार्चे–३ को खोर्लाबेँसी र धार्चे–२ को केरौँजाबेँसी जोड्ने अर्को तुइन सञ्चालनमा ल्याइएको थियो। तुइनबाट एक पटकमा २ जनासम्म वारपार गर्न सकिन्छ। स्थानीय युवाले तुइन सञ्चालनमा सहयोग गर्दै आएका छन्।
तुइनबाट केरौँजा र लामाबेँसीका साथै आसपासका क्षेत्रका सर्वसाधारणलाई नदी तर्न केही सहज भएको छ। तुइनको यात्रा जोखिमपूर्ण भएको गुनासो स्थानीय फिरेन्द्र घलेको छ। उनले तत्काल झोलुङ्गे पुल निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
Advertisement 2
प्रकाशित :२०८३ मंसिर ११ गते, शुक्रबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









