सरकारका ४२ निकायमध्ये सबैभन्दा धनी गृह, गरिब दलित आयोग (कस्को सम्पत्ति कति ?)

महालेखा नियन्त्रकको कार्यालयले मुलुकका ४४ वटा निकायको सम्पत्तिको विवरण सार्वजनिक गरेको छ ।

Advertisement 1

नियन्त्रकको कार्यालयले राष्ट्रपति,उपराष्ट्रपति कार्यालय,संघीय सरकारका मन्त्रालय,आयोग,अदालत,प्रदेश प्रमुखका कार्यालयहरु गरी ४४ वटा सरकारी निकायको सम्पत्तिको विवरण सार्वजनिक गरेको हो ।

दुई बर्ष अघि क्याविनेटको निर्णयमा टेकेर सरकारले सम्पत्ति खोज्न थालेको थियो । जसअनुसार यो अवधिमा झण्डै १ अर्ब ५१ करोड हाराहारीको सरकारी सम्पत्ति मात्र खोज्न सकेको छ उस्ले ।

Advertisement 2

उस्ले प्याम्स नामक एप्स मार्फत संघ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालयहरुसँग रहेको भौतिक र जिन्सी सम्पत्ति सोही एप्समा इन्ट्री गराउन सर्कुलर गरेको भए पनि तलबाट विवरण नआउँदा मंसिर पहिलो सातासम्ममा उक्त प्रणालीमा १ खर्ब ५० अर्ब ९५ करोड ९१ लाख रुपैयाँको विवरण प्रविष्ट भएको अधकल्चो विवरण आइपुगेको छ ।
अहिलेसम्म प्राप्त विवरण अनुसार,सरकारको सबैभन्दा धनी अड्डा चाहिँ गृह मन्त्रालय रहेछ । उसँग ४४ अर्ब २८ करोड १७ लाखको भौतिक र जिन्सी सम्पत्ति हुँदा रक्षा मन्त्रालयसँग भने ४१ अर्ब ४४ करोड ६३ लाख रुपैयाँ,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग ८ अर्ब १८ करोड ३८ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको विवरण ती मन्त्रालय र निकायले महालेखामा पठकाएका छन् ।

Advertisement 3


सो विवरण केलाउँदा अर्थभन्दा पनि धनी सूचना तथा सञ्चार प्रविधि मन्त्रालय देखियो । सञ्चारसँग ६ अर्ब ८४ करोड ८० लाख बराबरको सम्पत्ति भेटिँदा अर्थ मन्त्रालयसँग ५ अर्ब २२ करोड २९ लाखको सम्पत्ति रहेको विवरण इन्ट्री भएको छ । त्यसपछि अदालतहरुसँग ५ अर्ब १२ करोड ९५ लाख,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ४ अर्ब ९५ करोड ८१ लाखको विवरण प्याम्समा प्रविष्ट गरिएको छ । महालेखाले कार्यालयले दुई बर्ष लगाएर कलेक्सन गरेको विवरण अनुसार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग ४ अर्ब ४४ करोड ४ लाख बराबरको सम्पत्ति छ भने उर्जा जलश्रोत तथा सिचाँइ मन्त्रालयसँग ३ अर्ब ८७ करोड ९४ लाख रहेको विवरण प्याम्समा समावेश भएको छ ।
यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग ३ अर्ब ८७ लाख १२ करोड रहेको विवरण समावेश हुँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सम्पत्ति २ अर्ब ४४ करोड ९८ लाख र शहरी विकास मन्त्रालयसँग २ अर्ब १२ करोड ५५ लाख बराबरको सम्पत्ति विवरण भएको तथ्यांक महालेखालाई पठाएका छन् । निर्वाचन आयोगबाट १ अर्ब ६७ करोड ५७ लाख, वन तथा वातावरण मन्त्रालयसँग १ अर्ब १२ करोड ४९ लाख विवरण प्याम्समा प्रविष्ट गराइएको छ ।

महालेखाको तथ्यांक अनुसार सबैभन्दा धनी गृह र सबैभन्दा गरिब दलित आयोग देखिएको छ । गृह एक्लैको ४४ अर्ब २८ करोड १७ करोडको सम्पत्ति भेटिएको छ भने राष्ट्रिय दलित आयोगसँग २ करोड ५५ लाख रुपैयाँ मात्र सम्पत्ति रहेको विवरणमा उल्लेख छ ।

प्रकाशित :२०७९ मंसिर २३, शुक्रबार १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry