आचारसंहिता अनुगमन गर्ने अधिकृतलाई उम्मेदवारको गालीगलौच र धम्की

Advertisement 1
आचारसंहिता अनुगमनको जिम्मेवारी पाएका अधिकृतलाई उम्मेद्धारले धम्काएका छन् । पर्सा क्षेत्र नम्बर चारका नेपाली काँग्रेसका उमेद्धार रमेश रिजालले आचारसंहिता अनुगन गर्ने जिम्मेवारी पाएका सरकारी कर्मचारीलाई धम्की दिएका हुन । रिजालले अधिकृतलाई फोनमार्फत धम्की दिनुका साथैं गालीगलौज बताइएको छ ।
निर्वाचन आयोगले आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी प्रमुख कोष नियन्त्रकलाई दिएको छ । सो जिम्मेवारी निभाइरहेका रुद्रबहादुर कार्कीलाई रिजालले धम्की दिएका हुन्।
Advertisement 2
आचारसंहिता गर्ने अधिकारले उम्मेदवारबाट धम्की आएको जानकारी निर्वाचन अधिकृतको कार्यालयलाई गराएपछि निर्वाचन कार्यालयले कार्कीलाई आवश्यक सुरक्षा प्रबन्ध गर्न जिल्ला प्रहरी कार्यालय, पर्सालाई पत्र पठाएको छ।
प्रकाशित :२०७९ कार्तिक २१, सोमबार ०८:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%