बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

सरकार आगामी आर्थिक वर्ष ०७९ /८० को बजेट आज ल्याउदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

Advertisement 1

आइतबार दिउँसो ४ बजे अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । यो बर्ष सरकारले कर्मचारीको तलब वृद्धिको तयारी गरेको छ । कर्मचारी, प्रहरी, शिक्षक, सेनालगायतको तलब दुईहजारसम्म बढाउने तयारी अर्थ मन्त्रालयको छ ।

यसअघि मुख्यसचिव नेतृत्वमा बनेको समितिले पनि तलब बढाउनुपर्ने सुझाव दिएकाले बढाउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।

Advertisement 2

 

प्रकाशित :२०७९ जेष्ठ १५, आईतवार १०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry