गाडी कम्पनीको रक्सी,यातायातका कर्मचारीको मस्ती
दशैं तिहारजस्ता पर्व लागेपछि कतिपय कर्मचारीहरु त रक्सीले नुहाउने गरेको भेटिएको छ । हालैमात्र २० हजार घुससहित फन्दामा लाइसेन्सतर्फका कम्युटर अधिकृत बासुदेव रेग्मी । यस अघि पनि यस्तै भ्रष्ट गतिविधिमा संग्लग्न रहेका यातायातका कर्मचारीहरु जति नै घुस्याहा भए पनि अख्तियारका एक जना सहसचिव दाहिना भएका हुँदा यस्ता डन कर्मचारीहरुलाई कसैले छुन र चलाउन सक्दैनन् ।त्यही अवस्थित यातायात व्यवस्था कार्यालय साना ठूला सवारीका कर्मचारीहरुले समेत गाडी कम्पनी तथा रिकन्डिसन हाउससँग दशैं र तिहारको बीचमा बोतलका बोतल ब्राण्डेड रक्सी उपहार लिएको खबर बाहिरिएको छ ।
Advertisement 1
कर्मचारीहरुले तिहारका मुखमा झण्डै २० लाखको रक्सी उपहारस्वरुप बुझेको खबर त्यहाँका कर्मचारीले बताएका छन् । रिकन्डिसन हाउस र गाडी कम्पनीले उनीहरुलाई उपहारस्वरुप ब्राण्डेड रक्सीका बोतल पठाएका हुन । त्यहाँका एउटै कर्मचारीहरुले ३० बोतलसम्म रक्सी उपहारस्वरुप हात पार्न सफल भएको त्यहाँका एक कर्मचारीले बताएका छन् । यसरी कुनै पनि बस्तु उपहारस्वरुप लिनुलाई निजामती ऐनले भ्रष्टाचार हो भन्छ ।
यस अघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाग्मती प्रदेशबाट यातायात एकान्तकुनाको हाकिम बनेर आएका छन्,हरिहर पोखरेल । कर्मचारीहरुका अनुसार यो कार्यालय सुरक्षित र आकर्षक कार्यालयका रुपमा लिइन्छ । यसरी गाडी कम्पनी तथा रिकन्डिसन हाउसहरुसँग उपहार लिएर गाडी कम्पनी तथा रिकन्डिसन हाउसको हितमा काम गर्दै आइरहेका छन् ।काम गर्ने एकान्तकुनाका कर्मचारीहरुले नयाँ गाडी दर्ता गरे वापत प्रति गाडी ५ सय,धुँवा जाँच गरेर हरियो स्टिकर टास्न ५ हजार शुल्क लिइदै आएकोमा कार्यालयमा नभइ बाटो घाटोमा पुगेर पाँच हजार शुल्क उठाइ राजश्वखातामा दाखिला नगर्ने धन्दा पनि त्यहाँ मौलाएको छ । ताप्लेजुङ्ग,दार्चुला लगायत सूदुर ठाउँमा रहेका गाडी दर्ता नवीकरणको काम समेत काठमाडौंबाटै हुन्छ । यस्ता सवारी साधन काठमाडौंमा नल्याइ १ लाख नवीकरण शुल्क लाग्नेमा ५० हजार लिएर काठमाडौंबाटै काम तमाम पार्दै आएका छन्,त्यहाँका कर्मचारीहरुले । वीमाको रकममा समेत त्यसैगरी मिलेमतोमा रकम गोलमाल पारिँदै आएको यातायातकै एक कर्मचारीले जनाएका छन् ।
Advertisement 2
उता लाइसेन्स कार्यालयतिर लिखित परीक्षा सञ्चालन वापत सेवाग्राहीसँग जनही पाँच हजार,एके (मोटरसाइकल र स्कुटी)को ट्रयाल लिएवापत जनही दश हजार,साना गाडीको जनही पन्ध्रदेखि ५० हजारसम्म लिने गरेकोले सो कार्यालयका कर्मचारीहरु मोटाउने गरेका छन् । यस्तै बस,डोजर लगायतका ठूला गाडीहरुको लिखितको दश हजार र ट्रयालको एक लाखसम्म उठाउने धन्दा पनि त्यही चलिरहेको छ । यस प्रकारको कुशासनको नियन्त्रण कस्ले गर्दछ ?यसरी यातायातका दुबै वटा कार्यालयमा यो प्रकारको लुट मच्चिरहेको छ । यस्को अनुमगन गर्छ कस्ले ? यस्ता बदमास कर्मचारीलाई कारवाही कस्ले गर्दछ ?