मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक संसदमा पठाइने

मन्त्रिपरिषद् बैठक आज बस्दै छ । आज अपराह्न बस्ने बैठकले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसदमा पठाउने निर्णय गर्ने सम्भावना छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार आज बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले सो विधेयकलाई स्वीकृत गर्दै संघीय संसद्मा पठाउने निर्णय गर्नेछ ।

Advertisement 1

सरकारले भोलि संघीय निजामती सेवा विधेयक पारित गर्ने भएको छ । लामो समयदेखि बहसको बिषय बनेको संघीय निजामती सेवा ऐन आजको क्याविनेटबाट पारित हुने भएको छ । विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि आवश्यक छलफल हुने र ऐन निर्माणको प्रक्रियामा जाने छ । यसअघि पनि संघीय निजामती सेवा विधेयक संसदमा दर्ता भए पनि पछि फिर्ता भएको थियो ।

लोकसेवाले परामर्शसहित सो विधेयक सरकारलाई पठाएसँगै मन्त्रिपरिषद्को विधेयक समितिमा केही दिनदेखि छलफल गरिँदै आएको थियो । प्रस्तावित विधेयकमा विधेयकमा कर्मचारीको उमेर हद ५८ बाट बढाएर ६० पु¥याउन प्रस्ताव गरिएको छ ।

प्रकाशित :२०८० भाद्र २१, बिहीबार ०८:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry