कुन निकायका कति कर्मचारीले पाउँदैछन् वैदेशिक छात्रवृत्तिको अवसर ?

छात्रवृत्ति समितिले नेपाल सरकारको नाममा विभिन्न मुलुकबाट प्राप्त वैदेशिक तालिम,अध्ययन र भ्रमणसम्बन्धी अवसरको वाँडफाँड गरेको छ । गत १२ गते मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको बैठकले जापान सरकार,थाइल्याण्ड सरकारका विभिन्न निकायले उपलव्ध गराउने अनलाइन ट्रेनिङ का लागि सिट बाँडफाँड गरेको हो । जसअनुसार,राष्ट्रिय योजना आयोग,उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालय,कृषि तथा पुशपक्षी मन्त्रालय,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश,मधेश प्रदेश र सूदुरपश्चिम प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र १ नम्बर प्रदेश,बाग्मती प्रदेश,श्रम मन्त्रालय,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरुले यस्ता छात्रवृत्तिमा वैदेशिक तालिम पाउन लागेका छन् ।
जसमध्ये राष्ट्रिय योजना आयोगका लागि दुई सिट निर्धारण गरिएको छ यस्तै जाइकाले दिन लागेको तालिमका लागि उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयका लागि ४ सिट छुट्टाइएको छ भने अन्य निकायका लागि सिट संख्या तोकिएको छैन ।