भोलि सार्बजनिक बिदा

मुस्लिम धर्मावलम्बीको पवित्र चाड इदको अवसरमा पर्सी मंगलबार सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम आयोगले भोलि बिदा दिने भएकाे हाे ।
मुस्लिम समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम समुदायले एक महिना लामो रोजा (ब्रत) सकिएपछि इद मनाउने गर्छन् । नेपालमा मंगलबारको दिन इद मनाइने भएको छ ।

इस्लाम धर्मावलम्बिले मनाउने इदका अवसरमा सार्वजनिक बिदा दिने भनेर राजपत्रमा नै प्रकाशित भइसकेको छ । त्यसैले यो निर्णय मन्त्रिपरिषद्बाट गरिरहनुपर्दैन ।मुस्लिम आयोगले गर्ने सिफारिसका आधारमा गृह मन्त्रालयले निर्णय लिन सक्छ ।

प्रकाशित :२०७९ बैशाख १९, सोमबार ०७:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry