राष्ट्रिय अनुसन्धान विभागले माग्यो ७१ जना अनुसन्धान अधिकृत-अनुसन्धान सहायक

राष्ट्रिय अनुसन्धान विभागले एकै पटक ७१ जनाका लागि दरखास्त आह्वान गरेको छ । विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको हो ।
जसअनुसार अनुसन्धान अधिकृत ३० र अनुसन्धान सहायक ४१ जना माग भएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले विभागको वेबसाइटमार्फत फाराम भर्नुपर्नेछ ।

Advertisement 1

अनुसन्धान अधिकृतका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्र्तीण गरेको हुनुपर्ने छ भने अनुसन्धान सहायकका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह उत्र्तीण गरेको हुनुपर्ने छ ।


यस्तै अनुसन्धान अधिकृतका लागि पुरुषका हकमा २१ बर्ष पूरा भएर २५ बर्ष ननाघेको र महिलाको हकमा २१ बर्ष पूरा भएर ३० बर्ष ननाघेको हुनुपर्ने छ भने अनुसन्धान सहायकको हकमा भने पुरुषको हकमा १८ बर्ष पूरा भएर २५ बर्ष ननाघेको र महिलाको हकमा ३० बर्ष उमेर नकटेका योग्य र इच्छुक उमेद्धारले ३० दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रकाशित :२०८० असार २, शनिबार ०८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry