प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत करारका कर्मचारी नहटाउन आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमले करारका कर्मचारी नहटाउन गाउँपालिका र नगरपालिकाहरूलाई आग्रह गरेको छ।
Advertisement 1
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केन्द्रमा कार्यरत करारका कर्मचारीलाई कानुनी प्रक्रियाबाट बाहेक सेवाबाट नहटाउन आग्रह गरेको हो ।
करारका कर्मचारीलाई कानुनी प्रक्रियाबाट बाहेक सेवाबाट नहटाउन मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै आग्रह गरेको छ ।
Advertisement 2
रोजगार संयोजकको पदपुर्ति र सेवा सुविधा सम्बन्धि मापदण्ड २०७६ र स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपुर्ति सम्बन्धि मापदण्ड २०७८ मा व्यवस्था र्भ बमोजिम कार्य सम्पादन मुल्यांकनको आधारमा करार नवीकरण गर्नुपर्नेमा केही स्थानीय तहले कार्यपालिकाको निर्णयका आधारमा करार भंग गरेको जानकारी पाएपछि मन्त्रालयले नहटाउन आग्रह गरेको हो ।
रोजगार संयोजक तथा प्राविधिकहरूको तलब भत्तादेखि अन्य सेवा सुविधा केन्द्र सरकारबाट दिने गरिएको उल्लेख गर्दै राष्ट्रिय कार्यक्रम निर्देशक डुण्डुराज घिमिरेले सशर्त अनुदान कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रमका कर्मचारी नहटाउन आग्रह गरेका छन्।
Advertisement 3
‘कानूनी प्रक्रियाअनुसार बाहेक सेवाबाट कर्मचारी नहटाउन पुन: अनुरोध गरिन्छ,’ निर्देशक घिमिरेले भनेका छन्।