लोकसेवा र कर्मचारी समायोजनसम्बन्धी मुद्धा ‘हेर्दा हेर्दैमा’
लोकसेवा र कर्मचारी समायोजनसम्बन्धी मुद्धाको आज पनि बहस नसकिएको भन्दै हेर्दा हेर्दैमा राखिएको छ । गत २९ पुसदेखि निरन्तर बहस चल्दै आएको मुद्धा अहिलेसम्म ६ पटकसम्म हेर्दाहर्दैमा राखिएको हो ।
Advertisement 1
यस अघि पहिलो पटक पुस २९ गते सुनुवाई नसकिए पछि हेर्दा हेर्दैमा राखिएको सो मुद्धामा ५ माघमा सुनुवाई भएको थियो । सो दिन पनि सुनुवाई नसकिएपछि हेर्दा हेर्दामै राखेर गत बिहिबार पनि सुनुवाई भएको थियो । शुक्रवार समेत पेशीमा चढेर सुनुवाई भएको सो मुद्धा आइतबार भने देशभरका अदालत बन्द भएका कारण सुनुवाई हुन सकेन । सोमबार र मंगलबारको समेत सुनुवाई नसकिए पछि हेर्दा हेर्दैमा राखिएको हो ।
सर्वोच्चका न्यायधीशत्रय आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासमा भइरहेको छ।शिवहरि दाहाल, अनमोल भट्टराई, इन्द्रकमल सिवाकोटीलगायतले दायर गरेका मुद्दामा पेशी तोकिए पनि कहिले बेञ्च नबसेर त कहिले हेर्न नमिल्नेमा परेर अहिलेसम्म २४ पटक पेशी सारिएको थियो । आजसम्म गरी ६ पटकसम्म सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखेर आजको इजलाश टुंगिएको छ ।