रसुवाको प्रहरीः कसैलाई काखा, कसैलाई पाखाको नियति

१७ बैशाखमा रसुवा गोसाइँकुण्ड गाउपालिकामा नेपाली काङ्ग्रेसका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तामाथी खुकुरी प्रहार गरेका थिए। चुनाब प्रचार प्रसारका लागि हिडेका कार्यकर्ता माथी खुकुरी प्रहार भएको हो । घाइते हुन लाक्पा छेदेन तामाङ । उनीमाथी खुकुरी प्रहार गर्ने खुलेआम हिडिरहेका छन् । त्यस्तै नोकुण्डमा पनि निर्वाचनको अघिल्लो दिन काग्रेसका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तामाथी कुटपिट गरेको थियो । जसमा पनि पुलिस प्रशासन मौन ने रह्यो तर मतगणनाको क्रममा हल्ला गरेको भन्दै नेकपा एमाले निकट युवा संघका जिल्ला कमिटि सदस्य जोनमेजर थोक्रालाई पक्राउ गरेको छ । कसैलाई काखा र कसैलाई पाखाको नियत राखेको भन्दै राष्ट्रिय युवा संघ नेपाल रसुवाले प्रमुख जिल्ला अधिकारी नवराज जैशीलाई ज्ञापनपत्र बुझाएको छ ।
Advertisement 1
यही जेठ १ गते पक्राउ परेका युवा नेता थोक्रालाई प्रहरीले ३ दिन भइसक्दा पनि विभिन्न बाहाना बनाएर म्याद थप गरी रिहा नगरिएको भन्दै ज्ञापनपत्र बुझाएको हो । तत्काल विना सर्त रिहा गर्न युवा संघ रसुवाले माग गरेको छ । रिहा नगरेको खण्डमा अन्य आन्दोलनका कार्यक्रमहरू चरणवद्ध रूपमा सञ्चालन गर्ने घोषणा गरेको राष्ट्रिय युवा संघ नेपाल रसुवाले जनाएको छ ।
निर्वाचनको समयमा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–१ थुमनमा कांग्रेसका कार्यकर्ताले एमालेका टोली माथि आक्रमण गरेका थिए । त्यसपश्चात प्रहरीले आक्रमण गर्नेलाई पक्राउ गरेपनि भोलिपल्टै छाड्यो । फेरि पछि थुमनस्थित दाहालफेदिमा एमालेको घरदैलो कार्यक्रममा कांग्रेसले आक्रमण ग¥यो । तर प्रहरीले प्रक्राउ गरेन । गोसाइँकुण्ड गाउँपालिकाका एमालेका उम्मेदवार कैसाङ नुर्पु तामाङमाथि आक्रमण गर्ने मनसायले आएका एक युवालाई हतियार सहित प्रहरीले समाते पनि मुद्दा चलाएन् ।
Advertisement 2
निर्वाचनको समयमा भएको राजनितिक बिषय भएको र निर्वाचनमा शान्ति अवस्था भंग हुन नदिने भन्दै नेपाली कांगेस र नेकपा एमालेका जिल्लाका शीर्ष नेताहरु बसेर मिलाएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य दीपक लामाले बताए । तर निर्वाचनकै क्रममा भएको जोनको विषयलाई व्यक्तिगत विषय भन्दै अनुसन्धानका लागि हिरासतमा राखेको छ ।