न्यायाधीशकै अगाडि नाथ्री फुट्‌ने गरी दुई कर्मचारीबीच हानाहान


काठमाडौं जिल्ला अदालतमा नयायाधीशकै अगाडि दुई कर्मचारीबीच कुटाकुट भएको छ।

Advertisement 1

सोमबार १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने वादविवाद हुँदा इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोला कुटाकुटमा उत्रिएका हुन्।न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुमा नासु बाँस्तोलाले अधिकृत शर्माको नाकबाट रगत आउने गरी कुटपिट गरेका थिए । नाकबाट रगत आएपछि शर्मा उपचारका लागि ट्रमा सेन्टर समेत पुगेका थिए ।

काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार भीमप्रसाद निरौलाले आदेशमा हस्ताक्षर गर्ने विषयमा सामान्य विवाद भएको दाबी गरे । दुई जनाबीच व्यक्तिगत विवाद हुँदा सामान्य कुटपिट भएको पनि उनको भनाई छ । व्यक्तिगत विवाद भएपनि अदालतभित्रै कुटपिट भएकाले आन्तरिक छानबिन थालिएको उनको भनाई छ । छानबिनपछि कारवाही गरिने समेत उनले बताए ।

Advertisement 2

कार्यालयका नाममा आदेश गर्ने कि कार्यालय प्रमुखको नाममा आदेश गर्ने भन्नेमा उनीहरूको मत बाझिएको थियो। आज न्यायाधीशसँग यो विषयमा कुरा हुने, छानबिन गर्ने र दोषी पत्ता लगाएर कारबाही गरिने पनि श्रेस्तेदार निरौलाले बताए। सोमबार भएको कुटाकुटले केहीबेर इजलास प्रभावित भएका थिए।

प्रकाशित :२०७७ फाल्गुन ४, मंगलवार १४:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry