१६ निजामती कर्मचारीलाई छात्रवृत्तिमा बैदेशिक अध्ययनको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरिया सरकारद्धारा नेपालका निजामती कर्मचारीहरुलाई उपलव्ध गराइने छात्रवृत्तिमा वैदेशिक अध्ययनका लागि १६ कर्मचारी मनोनयन गरी पठाउन आग्रह गरेको छ । मन्त्रालयले कोरिया सरकारद्धारा उपलव्ध हुने विभिन्न ४ वटा कार्यक्रमका लागि प्रति कार्यक्रम ४ जनाका दरले मनोनयन गरी सो को जानकारी अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा पठाउनका लागि सबै निकायलाई परिपत्र गरेको छ ।
Advertisement 1
मन्त्रालयले वैदेशिक अध्ययनमा जान इच्छुक र योग्यता पुगेका कर्मचारीहरु मनोनयन गरी ती कर्मचारीको नाम,सम्पर्क नम्बर,इमेलसहितको विवरण अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा पठाउन सबै निकायलाई परिपत्र गरेको छ ।
मन्त्रालयका अनुसारकोरियामा हुने सोसियल इकोनोमी स्टडी कार्यक्रमका लागि ४ जना,क्लाइमेट चेञ्जसम्बन्धी मास्टर्स डिग्री अध्ययन कार्यक्रमका लागि ४ जना,कोरिया सरकारद्धारा दिन लागिएको क्लाइमेट चेञ्जसम्बन्धी पिचडी कार्यक्रमका लागि ४ जना,एप्लाइड आर्टिफिसियल इन्टलीजेन्स मास्टर्स डिग्रीका लागि ४ र सोही बिषयमा पिचडी कार्यक्रमका लागि ४ जना मनोनयन हुनेछन् । जम्मा १६ जना मनोनयन हुने, सबै कार्यक्रम हुने देश कोरिया सरकारद्धारा सञ्चालन हुन लागेका र मनोनयनका लागि सबै निकायलाई खुल्ला गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले छात्रवृत्तिमा मनोनयन गर्दा समावेशी,महिला,आदिवासी,जनजाती,मधेसी,जनजाती,अपाङ्ग,पिछडिएका क्षेत्र र हालसम्म अवसर नपाएका र दुगर्ममा काम गरेकालाई प्रथामिकता दिन अनुरोध समेत गरेको छ ।
Advertisement 2